शैक्षिक सुधारका लागि बालमैत्री र प्रविधियुक्त शिक्षाको व्यवस्था

चक्र बहादुर रावत
प्रिन्सिपल

Advertise with us
मेचिकाली बोर्डिङ स्कूल घोराही

Buddha International Hospital

१. भर्ना अभियान कस्तो चल्दै छ ?
– भर्ना कार्यक्रम बैशाख २ गतेदेखि शुरु भएको छ । त्यो भन्दा पहिलो अभिभावकसंग भेटघाट कार्यक्रम सम्पन्न गरियो ।

२. तपाईको विद्यालयको अरु भन्दा फरक अर्थात् राम्रो पक्ष के हो ?
– हाम्रो विद्यालयको राम्रो पक्ष भनेको हामी अभिभावक र विद्यार्थी मैत्री छौं । हरेक अभिभावक र विद्यार्थीहरुको सल्लाह, सुझावको आधारमा हाम्रो विद्यालय चल्छ । अभिभावकले आफ्नो विद्यालय हो भनेर बुझ्नु भाछ । आपनत्वको महसुस गर्नुहुन्छ । साथै विगत वर्षका एस्.एल्.सी.÷एस्.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याईरहेको छ ।

३. पछिल्लो समयलाई सम्बोधन गर्ने गरि शैक्षिक क्रियाकलापहरुलाई कतिको आधुनिक बनाउँनु भएको छ ?
– हामी हाम्रो विद्यालयलाई अडियो÷भिडियो माध्यमबाट अध्ययन, अध्यापन गर्ने व्यवस्था मिलाएका छौं । निकट भविष्यमा डिजिटल स्कूलको रुपमा विकास गर्ने प्रयासमा छौं ।

४. अभिभावक र विद्यार्थीले किन रोज्ने यो विद्यालयलाई ?
– न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा लिनका लागि हाम्रो विद्यालयलाई सम्झनु पर्छ ।

५. विद्यार्थीको शैक्षिक सुधारको लागि अवको योजना के छ ?
– विद्यालय र विद्यार्थीको शैक्षिक सुधारका लागि बालमैत्री र प्रविधियुक्त शिक्षाको व्यवस्था गर्ने योजना बनाउँदै छौं ।

 

 (प्रस्तुती ः जंग रेउले)

Advertise with us