प्रतिष्ठानको लापरबाही ः सिकलसेल एनिमियाको औषधी पुनः अभाव


नवीन अभिलाषी
दाङ, वैशाख १० । दाङका १ सय ६९ जना सिकलसेल एनिमियाका रोगीहरुले खाने औषधीको अभाव भएको छ । सरकारले देशका १० वटा अस्पताल मार्फत सिकलसेल एनिमिया रोगीहरुको लागि औषधी खुवाउने निर्णय गरेको छ । तर दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सिकलसेल एनिमियाको औषधी छैन ।

Advertise with us

Buddha International Hospital

प्रतिष्ठानले सिकलसेल एनिमियाको रोगलाई प्राथमिकता दिन नसक्दा पटक पटक औषधीको अभाव हुने गरेको छ । एक महिना अगाडी पनि करिव तीन महिनासम्म औषधीको व्यवस्थापन गर्न नसक्दा विरामीहरु समस्यामा परेका थिए । ठुलो कसरत पछि नेपालगंजबाट ल्याएको औषधी एक महिनामै सकिएको छ । तर औषधीको व्यवस्थापन गर्न नसकिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो ।

‘मेहनत गर्दा पनि हामीले सिकलसेल एनिमियाको औषधी पाउन सकेका छैनौँ, बाहिरबाट खरिद गर्न पनि नपाईने रहेछ ।’ रजिष्ट्रार प्याकुरेलले भन्नुभयो, ‘पहिले तीन महिनासम्म पनि अभाव भयो, नेपालगंजबाट ल्याएर एक महिना वितरण ग¥यौँ, अहिले फेरी अभाव देखिएको छ ।’ जिल्लास्तरका अधिकारकर्मी, विरामीहरुको निरन्तर दवाव हुँदा पनि प्रतिष्ठानले सिकलसेल एनिमियाको औषधीलाई निरन्तर व्यवस्थापन हुन नसकेको ग्रामिण महिला उत्थान केन्द्रले बताएको छ ।