घोराहीमा सुजुकीको शो क्याम्प शुरु…

दाङ ,बैशाख १० । सुजुकी बाइक तथा स्कुटर साट्न चाहनेहरुका लागि आजदेखि मेगा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । सुजुकी बाइक तथा स्कुटरको दाङ घोराहीका लागि आधिकारिक बिक्रेता एम.यस.अटोले नयाँ वर्ष २०७६ को अवसरमा आयोजना गरेको सो क्याम्प सोमवार देखि बैशाख १५ गते सम्म चल्नेछ ।

Buddha International Hospital


Advertise with us
यो क्यापमा कुनैपनि कम्पनीका पुराना बाइक तथा स्कूटरसँग नयाँ सुजुकीका बाइक तथा स्कुटर सजिलै एक्सचेन्ज गर्न सकिने छ । कुनैपनि पुराना बाइक तथा स्कूटरको न्यूनतम मूल्यांकन ३० हजार र प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार भ्यालुएसन प्रदान गर्ने संचालक माधब योगीले जानकारी दिनु भएको छ ।


सुजुकी मेगा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा कुनैपनि कम्पनीका पुराना बाइक तथा स्कुटर सजिलै उपलब्ध गराइने बताइएको छ ।


भीजी अटोमोबाइल्सले नयाँ वर्ष २०७६ को अवसरमा ‘तपाईको नयाँ वर्ष २०७६ लाभमय रहोस्’ भन्ने ट्यागलाइनका साथ नयाँ वर्षको अफर अफर ल्याएको छ । यस अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा १० हजार छुट उपलब्ध हुनेछ । त्यसैगरी हरेक हप्ता बम्परमा एकजनालाई ५० हजार पक्का उपलब्ध हुने व्यवस्था गरिएको छ ।