नेकपाकी सचेतक शान्ता चौधरीले अभिभाबकत्व ग्रहण गरेका सवै विद्यार्थी उतिर्ण

घोराही, १० वैशाख । नेकपाकी सचेतक शान्ता चौधरीले अभिभाबकत्व ग्रहण गरेका पाँच बालबालिकाहरु बर्षिक परिक्षामा उतिर्ण भएकाछन् । सचेतक चौधरीले गत बर्ष विद्यार्थी भर्ना अभियानको क्रममा घोराही उपमहानगरपालिका वडा नं. ४ सुनपुर स्थितिमा रहेको आधरभुत बिद्यालयमा विपिन्न परिवारका पाँच बालबालिकाहरुको अभिभाकत्व ग्रहण गर्नुभएको थियो ।

Buddha International Hospital

Advertise with us

घोराही ४, का सरोज अर्याल कक्षा ६, नविना गुरुङ कक्षा ४, कृष्ण थापा कक्षा ३, रिता चौधरी कक्षा १ र पुजा विक कक्षा युकेजि मा भर्ना भएका थिए । यी सवै विद्यार्थीहरु उतिर्ण भएको विद्यालयले जनाएको छ । यसैगरि आफुले अभिभाकत्व ग्रहण गरेका बालबालिकाहरु उतिर्ण भएकोमा सचेतक चौधरीले सवै बालबालिकाहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

सचेतक शान्ता चौधरीले बालबालिकाहरुको अभिभाकत्व ग्रहण गरेपछि नियमति रुपमा उनिहरुको पढाइको विषयमा जानकारी लिने र शैक्षिक सामग्री सहयोग गर्दै आइरहेको चौधरी सचिवालयले जानकारी दिएको छ ।

Advertise with us