विद्यार्थी अभियान घरमुली सँग केन्द्रित

घोराही, ९ बैशाख | घोराही उपमहानगरपालिका वडा नम्बर ११ मा रहेका विद्यालयहरुले भर्ना अभियानलाई अभिभावकहरु सँग जोडेर अघि बढाएका छन् । विद्यालयहरुले अभिभाबक भेला गरी बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न उत्प्रेरित गरेका हुन् ।

Buddha International Hospital

Advertise with us

बालकल्याण प्राबि नयाँबस्तीको अभिभावक भेलाले कुनै पनि बालबालिकालाई विद्यालय बाहिर रहन नदिन अभियान सञ्चालन नै गरेको छ । शिक्षक अभिभाबक संघ, विद्यालय व्यवस्थापन समिति, वडा सदस्य र शिक्षकहरु सहित गाउँगाउँमा पुगेर विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिएका हुन् ।

शिक्षक अभिभाबक संघका अध्यक्ष्न पदम गन्धर्बको अध्यक्षता एवं वडा अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यतामा अभिभाबक भेला गरी बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याउन सबै लाग्ने निर्णय भएको छ ।

त्यस क्षेत्रका बालबालिका इट्टा उद्योगहरुमा जाने क्रम बढी रहेको भन्दै उनिहरुलाई विद्यालय शिक्षा सँग जोड्न संयुक्त अभियान सञ्चालन गरिएको प्रधानाध्यापक टेकबहादुर डाँगीले जानकारी दिनुभयो ।

त्यसैगरी, जनप्रिय प्राबि बाँसगजेरीको अभिभाबक भेला पनि सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर घर्तीको अध्यक्षता एवं वडा अध्यक्ष कुलबहादुर लामीछानेको प्रमुख आतिथ्यता र जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष ठाकुर रोकाका विशिष्ट आतिथ्यतामा भेला भएको हो ।

भेलाले विद्यालयमा भर्ना अभियानलाई सफल बनाउदै शैक्षिक सिकाईलाई प्रभावकारी बनाउन समन्वयकारी भुमिका खेल्ने निर्णय गरेको प्रधानाध्यापक टीकाराम खनालले जानकारी दिनुभयो ।

Advertise with us