लैंगिक समानता घरबाटै थालौ ः नगर प्रमुख चौधरी

घोराही, १४ मंसिर | घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैंगिक समानता घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिवसिय अभियान अन्तरगत घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले निगरानी समुहका पदाधिकारीहरुलाई आयोजना गरेको लैंगिक हिंसा र दूव्र्यबहार रोक्ने विषयक तालिममा बोल्दै नगर प्रमुख चौधरीले विभेद परिवार बाटै हटाउनु पर्ने बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

बढ्दो लैंगिक हिंसालाई रोक्न सचेतना र कानुन कार्यान्वयन नै मुख्य अस्त्र भएको भन्दै उहाँले घरपरिवार बाटै समानताको व्यवहार आबस्यक परेको बताउनुभयो । लैंगिक हिंसा र दूव्र्यबहार ः छैन हामीलाई स्विकार भन्ने नाराका साथ मनाईरहेको १६ दिने अभियानलाई सार्थकता दिन न्यायपूर्ण समाज बनाउन सबै केन्द्रित हुनुपर्ने बताउनुभयो ।

परिवार र समाजलाई सुधार्ने जिम्मा सबैको भएको भन्दै त्यसको नेतृत्व गर्न सामाजिक अभियन्ताहरुलाई अपिल गर्नुभयो । सहकारी र निगरानी समूहमा आबद्ध महिलाहरुले सचेतना जगाउने जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले सचेतना र कानुन कार्यान्वयनले मात्रै लैंगिक समानता कायम हुने बताउनुभयो । शाखा संयोजक पशुपती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले गर्नुभएको थियो ।