नारायणपुरमा प्रजनन् स्वास्थ्य शिबिर

घोराही, ९ बैशाख | घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क शिबिर सुरु भएको छ । दुई दिन चल्ने शिबिरको नगर प्रमुख नरुलाल चौधरीले आज उद्घाटन गर्नुभएको हो ।

Buddha International Hospital

Advertise with us

महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्य समस्याहरुको निदान गर्ने उदेश्यले घोराही उपमहानगरपालिकाको आयोजनता तथा वडा नम्बर १० को समन्वय र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा शिबिर सुरुभएको हो ।

पाठेघर मुखको क्यान्सर भए नभएको बारेमा जाँचलाई प्राथमिकता दिईएको प्रतिष्ठानका कार्यक्रम निर्देशक महादेब बानियाले जानकारी दिनुभयो ।

रोग लाग्नु भन्दा लाग्नै नदिने उपाय खोज्ने र नागरिकहरुलाई सचेत बनाउने उदेश्यले शिबिरको आयोजना गरिएको भन्दै निर्देशक बानियाले जटिल समस्याहरु भेटिए चितवन र काठामाडौमा लगेर निशुल्क अप्रेशन गरिने बताउनुभयो ।

वडा अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्वास्थ्य नै सम्पत्ती भएको बताउनुभयो । आफु स्वस्थ्य भए मात्रै परिवार, समाज र देश स्वस्थ बन्ने भन्दै उहाँले परामर्श र उपचार सेवा लिन नगरबासीहरुलाई आग्रह गर्नुभयो ।

वडा सदस्य लक्ष्मी लम्सालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब थानेश्वर न्यौपानेले गर्नुभएको थियो । शिबिरमा आज दिनभर र भोली पनि स्वास्थ्य जाँच, उपचार र परामर्श दिईने आयोजकले जनाएको छ ।

यौनाङगको सरसफाईमा ध्यान नदिदा पाठेघर मुखको क्यान्सर हुने चिकित्सकहरुको भनाई छ । ३ जना डाक्टर सहित १० जना स्वास्थ्यकर्मीहरु उपचारमा सहभागि भएका छन् ।।

Advertise with us