कक्षा ८ का २ हजार विद्यार्थीलाई मौका परिक्षा

घोराही, ९ बैशाख | घोराही उपमहानगरपालिकामा २ हजार बढी विद्यार्थीले कक्षा ८ मा ग्रेड बृद्धीको परिक्षा दिन पाउने भएका छन् । नगर स्तरीय आधारभुत तह कक्षा ८ को परिक्षामा ३ विषय सम्म फेल भएकाहरुलाई ग्रेड बृद्धीको मौका दिईए अनुसार २ हजार ४६ जना विद्यार्थीले परिक्षा दिन पाउने भएका हुन् ।

Buddha International Hospital

Advertise with us

ग्रेडबृद्धीको परिक्षा यही बैशाख १३ देखी १९ गते सम्म सञ्चालन हुने र ८ वटा परिक्षा केन्द्र तोकिएको नगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ । सिद्धरत्ननाथ मावि नारायणपुरमा १३ विद्यालयका २ सय ७६ जना, पशुपती विद्याआश्रम नारायणपुरमा ४ विद्यालयका २ सय १५ जना, मावि रझेनामा ७ विद्यालयमा ३ सय १८ जनाले परिक्षा दिदै छन् ।

त्यसैगरी, विद्याकुन्ज सौडीयारमा ९ विद्यालयका २ सय १० जना, मावि डाँडागाउँमा ७ विद्यालयका १ सय ७१, गंगामावि रामपुरमा ९ विद्यालयका १ सय ५७, बालविकास माविमा १६ विद्यालयका ३ सय १६ र पद्मोदप पब्लीक नमुना माविमा २१ विद्यालयका ३ सय ८१ जना परिक्षार्थीले परिक्षा दिने छ ।

२ सय ४६ परिक्षार्थी मध्य सरकारी १६ सय ६ र निजिका ४ सय ४० जना रहेका छन् । १३ गते विज्ञान, १४, गते गणित, १५ गते सामाजिक, १६ गते अंग्रेजी, १७ गते नेपाली, १८ गते स्वास्थ्य शारिरीक र १९ गते ऐच्छीक बिषयहरुको परिक्षा हुने शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Advertise with us