आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश–१ फाइनलमा

घोराही, ९ वैशाख । दाङको लमहीमा जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा प्रदेश–१ उपाधि नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रदेश–१ फाइनलमा पुगेको हो ।

Buddha International Hospital


Advertise with us
टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा आफ्नो ७ विकेट गुमाउँदै ८० रन बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक २६ तथा कविता जोशीले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले रन जोड्न सकेनन् ।


सुदूरपश्चिमलाई ८० रनमा समेट्ने प्रदेश–१ कि निग्मा तामाङले २ तथा रुविना क्षेत्री, सवनम राई र संगीता राईले समान एक–एक विकेट लिइन । जवाफमा ८१ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको प्रदेश–१ ले १३ ओभर ४ बलमा उक्त लक्ष्य पुरा गर्यो । प्रदेश–१ का लागि रुविना क्षेत्रीले सर्वाधिक ४३ र रोमा थापाले २१ रनको विजयी पारी खेले । बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले २ विकेट लिइन ।


प्रदेश–१ का लागि सर्वा्धिक रन बनाउने रुविना क्षेत्री वुमन अफ द म्याच हुनु भयो । अहिले फाइनल प्रवेशका लागि दोश्रो खेल भइरहेको छ । जसमा विभागीय टोली एपीएफ र प्रदेश–२ का बिच खेल भइरहेको छ ।