निशुल्क योग शिविर सम्पन्न

Advertise with us


रेखा शर्मा
तुलसीपुर ९ वैशाख  | तुलसीपुर उपमहानगर पालिका वडा नं ७ झुमरेमा रहेको हाम्रो पहुँच स्कुल प्राङगनमा सञ्चालन भएको ७ दिने निशुल्क पतन्जली योग शिविर को आज एक कार्यक्रमका विच समापन गरीएको छ ।

Advertise with us

Buddha International Hospital

आदर्श नगर टोल विकास संस्थाका सचिब भोजराज न्यौपानेको अध्यक्ष्यता तथा वडा नं ७ का वडा अध्यक्ष तथा योग शिक्षक टोप बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि केसीले योग मानब जीवनको अभिन्न अगं भएको र योग ले शारिरीक मानसिक र बौद्धिक क्षमतामा वृद्धि हुने र अनुसासीत र निरोगी जीबन जीउन सकिने बताउनु भयो ।

पतञ्जली योग समिति प्रदेश ५ का सल्लाहकार अरण कुमार श्रेष्ठ , प्रदेश सदस्य लक्ष्मी वली , अधिबक्ता उत्तम कुमार भण्डारीले योगको महत्वका बारेमा प्रकास पार्नु भएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट बामदेब भण्डारी ,मैना भण्डारी लगाएतका ले बोल्नु भएको थियो । आदर्श नगर टोल विकास संस्थाको आयोजनामा पतन्जली योग समीती दाङले निशुल्क शिबिरको संचालन गरेको हो । शिबिरमा करीब ७० जनको सहभगिता रहेको थियो ।

यसै विच योगलाई निरन्तरता दिनको लागी ओम शान्ती हलको प्राङगनमा योग कक्षा संचालन गर्ने गरी पतञ्जली योग समिति प्रदेश ५ का सल्लाहकार अरुण कुमार श्रेष्ठको सरंक्षण तथा योग सह शिक्षक मिन राज भटट्राईको अध्यक्ष्यतामा समिति गठन गरीएको छ ।

जसको उपाध्यक्ष्यमा वामदेब शर्मा ,सचिबमा रेखा शर्मा, कोषध्यक्ष्यमा भोजराज न्यौपाने ,सदस्यमा गंगाराम न्यौपाने, टोपली घर्ती, लीला लामीछाने, ठाकुर प्रसाद भुसाल, अनिता बुढा रहनु भएको छ । त्यसै सल्लाहकारमा उत्तम भण्डारी, सुर्य प्रसाद शर्मा, अमर राज गिरी, ध्रुब पुरी रहनु भएको छ । कार्यक्रमको सहजीकरण योग साधिका रेखा शर्माले गर्नुभएको थियो ।