ईनारमा खसेर कामदारको मृत्यु

रीता लामा

घोराही, ९ वैशाख ः आज करिव तीन बजे तिर बन्दै गरेको निर्माणधिन इनारमा खसेर एक कामदारको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १६ सर्रा निवासी ठरालु चौधरीको निर्माणाधिन ईनारको रिङ हाल्ने क्रममा सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ५ घर भएका २० बर्र्षका रन्जित मेहेताको मृत्यु भएको हो ।


Advertise with us
इनार बनाउने क्रममा इनारमा खसेर मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना प्रमुख विनोद विक्रम शाहले जानकारी दिनुभयो । घोराहीमा डेला लिइ बस्दै आएका मेहेताले बजार क्षेत्रमा इनार निर्माणको काम गर्दै आउनुभएको थियो ।

Buddha International Hospital


ईनारमा खसेर डुबे लगत्तै उद्धार गरि उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लैजाने क्रममा मेहेताको बाटो मै मृत्यु भएको बताइएको छ । अहिले उहाँको शव अस्पतालको शव गृहमा राखिएको ।

Advertise with us