क्रमशः धरासायी प्रतिष्ठान ः सम्बन्धित निकायहरु अहिले किन मौन छन ?

Advertise with us

नवीन अभिलाषी

Buddha International Hospital

दाङ, वैशाख ९ । दाङको एक मात्र ठुलो अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निरन्तर खस्किदै गएपनि जिल्लाका सरोकारवालाहरु मौन छन् । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालले प्रदान गर्दै आएका सेवाहरु कटौती भएका छन् भने चलिरहेको स्वास्थ्य सेवा छोई नसक्नुको महंगो हुँदा पनि कसैले चासो दिएका छैनन् ।

Advertise with us

जिल्लाको नागरिक समाज मौन छ भने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिको संयोजक समेत रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघले समेत यो विषयमा कुनै चासो देखाएको छैन । साथै जिल्लाका जनप्रतिनिधिले समेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रवाहको विषयमा कुनै चासो नदेखाएको भन्दै सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । ‘हामी सरकारी अस्पताल भनेर आउछौँ, पहिले भन्दा पनि अस्पताल विग्रीदै गएको जस्तो लाग्छ ।

’ देउखुरी गढवा गाउँपालिका ५ की मिना परियारले भन्नुभयो, ‘फार्मेसी पनि बन्द छ ।’ अहिले सामान्य शल्यक्रिया तथा उपचारका लागि सेवाग्राहीहरुले चर्को शुल्क तिर्न बाध्य भएका छन् । सेवा र सुविधा स्तरोन्नती नहुँदै प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले एकलौटी रुपमा शुल्क बढाएपछि उच्च अदालत तुलसीपुरले तत्काल कुनै पनि शुल्क बृद्धि नगर्न आदेश जारी गरेको थियो । तर अहिले पनि विभिन्न बहाना बनाएर अस्पतालले हजारौँ रुपैया शुल्क लिने गरेको छ । शरिरको कम्मरमुनिको हड्डीको सामान्य शल्यक्रिया गरेको प्रतिष्ठानले ४१ हजार रुपैया शुल्क लिएको छ । अस्पतालले विल नं. १६०८१ मा रु. ४१ हजार शुल्क लिएको छ ।

नेपालजगंज मेडिकल कलेजले रु. २० हजारमा सो सेवा दिईरहेको पाईएको छ । यस्तै विल नं. २२४७५ र विल नं. १५२९९ मा २७ हजार ५ सय रुपैया शल्यक्रिया शुल्क लिएको छ । अन्य अस्पतालमा ५ देखी २० हजार रुपैयासम्म दिन सकिने स्वास्थ्य सेवालाई प्रतिष्ठानले अदातलको आदेश विपरित चर्को शुल्क असुल गर्दै आएको छ । यस्तै दैनिक २० भन्दा बढि प्रसुती हुने गृह फेरी तग्रिन सकेन । यस अगाडि अस्पताल विकास समिति र नेपाल सरकारका करार कर्मचारीहरुले गरेको आन्दोलन र एकाएक प्रतिष्ठानले शुल्क बृद्धि गरेपछि सुनसान बनेको प्रसुती गृह पुरानै अबस्थामा फर्किन सकेको छैन ।

दैनिक २० भन्दा बढिलाई प्रसुती सेवा दिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले यसको संख्या घटेर सरदर ४ जनामा आएको छ । अचम्मको विषय त प्रदेश सरकारले बजेटको व्यवस्था गर्दा समेत प्रतिष्ठानले प्रसुती गराएका महिलाहरुलाई यातायात वाफतको खर्च वितरण गर्ने गरेको छैन । प्रसुती सेवा लिनेको दर किन खस्कियो ? यसबारेमा चासो लिने निकाय दाङमा छैन । राप्ती उपक्षेत्रीय अस्पताल हुँदा आईसियू, एनआईसियू सञ्चालनका लागि भौतिक पुर्वाधार समेत तयार पारेर राखिएको सेवा अहिलेसम्म सञ्चालनमा छैन ।

उपमहानगरपालिकाले २० लाख र अस्पतालको २० लाख सहित ८÷८ वेडको आईसियू, एनआईसियू सेवा सञ्चालन तयारी अबस्थामा रहेको थियो । तर प्रतिष्ठानले आईसियू, एनआईसियू सञ्चालन गर्न सकेको छैन । पोषण पुर्नस्थापना गृह बन्द गरेर अस्पतालकै एउटा बेडमा सिमित बनाईएको कुपोषणले ग्रष्त बालबालिकाहरुको सेवाका लागि अहिलेसम्म काम भएको छैन । अस्पतालको टिवि वार्डमा रहेको एउटा बेडलाई कुपोषित बालबालिकाको लागि छुट्याईएको छ ।

जहाँ अहिलेसम्म कति कुपोषित बालबालिकाहरु आए, गए भन्ने बारेमा न त प्रतिष्ठान प्रशासनलाई थाहा छ न त्यहाँका कर्मचारीहरुलाई । नेपाल सरकारको कार्यक्रम र विगत लामो संघर्ष गरेर अस्पतालले सञ्चालन गरेको फार्मेसी समेत बन्द प्राय छ । यसरी अस्पतालका चल्दै आएका सेवाहरु कमजोर बन्दै गएका छन् भने नयाँ सेवा सुविधाहरु थपिएका छैनन् ।

त्यसको बदलामा जनताले चर्को शुल्क तिर्नुपर्ने भएपछि घोराही क्षेत्रमा अर्को अस्पतालको विकल्पको खोजी हुनुपर्ने महसुस गरिएको छ । हिजोका दिनहरुमा अस्पतालको विकासका लागि चासो देखाईरहने निकायहरु प्रतिष्ठानको अबस्था नाजुक हुँदै जाँदा पनि मौन हुनु आफै रहस्यमय देखिएको छ ।