‘ए मेरो हजुर ३’ हेर्ने दर्शकलाई अनमोलको फोटो प्रिन्ट टिसर्ट

बैशाख ९, काठमाडौँ । चैत्र २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ ले अहिले सम्म एकदम राम्रो व्यापार गरिरहेको छ । ‘ए मेरो हजुर ३’ हेर्ने दर्शकले अनमोल के.सी.को फोटो प्रिन्ट भएको टिसर्ट उपहार स्वरुप समेत पाएका छन् ।

Buddha International Hospital

Advertise with us

यस चलचित्रको निर्देशक झरना थापा, नायक अनमोल के.सी., नायिका सुहाना थापासँगै निर्माण टोली हलमा नै पुगेर आफैले टिसर्ट बाड्दा दर्शक भने अनमोलको फोटो प्रिन्ट भएको टिसर्ट पाएर मख्ख परिरहेका थिए । दर्शक अनमाेल र सुहानसँग फाेटाे  खिच्न तछाड् मछाड् समेत गरिरहेका थिए |

यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने झरनाले यस चलचित्रबाट आफ्नो छोरी सुहानालाई डेब्यु गराएकी हुन् । यस चलचित्रलाई टक्कर दिन आएको हिन्दी चलचित्र कलंकले भने ‘ए मेरो हजुर ३’ कुनै असर पुर्याउन सकिरहेको छैन ।

यस चलचित्रका निर्माता सुनिल थापाले आफ्नो चलचित्रले हिन्दी चलचित्र ‘कलंक’ को  नेपालकाे व्यपारलाई पछि पारेको समेत दावी गरेका छन् । बलिउडका समिक्षकबाट मिलेको निराशाजनक समिक्षाका कारण ‘कलंक’को व्यवसाय नेपालमा राम्रो नबनेको थापाले अनुमान लगाए ।

यस चलचित्रले काठमाडौंको मल्टिपेलेक्स तर्फ एफ क्युब, बिएसआर, बिग मुभिज र सिंगल तर्फका गोपिकृष्ण, अष्टनारायण मात्र होइन, मोफसलका पोखरा, चितवन लगायतका ठाउँमा पनि यस चलचित्रको राम्रो व्यपार गरीरहेको निर्माता थापाले बताएका छन् ।