महिला जेसिजद्वारा असहाय बालबालिकाहरुलाई सहयोग

घोराही ९ वैशाख । दाङ्ग महिला जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन सोमबार असहाय बालबालिकाहरुलाई सहयोग गरेको छ । तुलसीपुर १८ बिजौरीमा रहेको श्री असहाय बालविकास दाङ्ग सँस्थामा रहेका १५ जना बालबालिकाहरुलाई दाङ्ग महिला जेसिजले खाद्दान्न सामग्री,खेलकुदका सामान,कापी-कलम र लुगाहरू सहयोग गरेको हो । दाङ्ग महिला जेसिजले तीन बोरा चामल,१५ केजी दाल,एक बोरा आलु,चिनी ,बलहरु,१५ जना बाल्बालिकाहरुलाई टिशर्ट ,बिस्कुटहरु सह्योग गरेको थियो |

Buddha International Hospital

Advertise with us

सहयोग कार्यक्रममा प्रमुख अतिथि नेपाल सँस्कृत विश्वविद्यालयका शिक्षा अध्यक्ष रमेश प्रसाद ढकालले कुनै पनि मन्दिर धाउँदैमा धर्म हुंदैन , दुखी -असहायहरुको सहारा बन्नु नै ठूलो धर्म हो र महिला जेसिजले जुन कदम चालेर सहयोग गर्नु भयो त्यसको लागी धेरै खुसी भएको साथै सप्ताहव्यापी कार्यक्रमको शुभकामना दिनुभयो। कार्यक्रममा नेपाल सँस्कृत विश्वविध्यालयका शिक्षा अध्यक्ष रमेश प्रसाद ढकालले जेसिज थिम पढेर उदघाटन गर्नु भएको थियो भने कार्यक्रममा दाङ्ग महिला जेसिजकी जेसी सुनिता थापाको संयोजक तथा स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि श्री असहाय बालविकास नेपाल दाङ्गका सल्लाहकार विनय कुमार पोखरेल,श्री असहाय बालविकास नेपाल दाङ्गकी अध्यक्ष विष्णु चौधरी,दाङ्ग महिला जेसिजकी पुर्व अध्यक्ष जेसी विणा विसी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको बारेमा दाङ्ग महिला जेसिजकी जेसी जीवा भुषालले जानकारी गराउनु भएको थियो ।

साथै कार्यक्रममा आस्था पाठ दाङ्ग महिला जेसिजकी जेसी सुजन पौडेलले गर्नु भएको थियो । दाङ्ग महिला जेसीजकी अध्यक्ष रेखा शर्माको अध्यक्षतामामा भएको कार्यक्रमको सहजीकरण दाङ्ग महिला जेसिजकी महासचिव अनिता ढकालले गर्नु भएको थियो । त्यसैगरी दाङ्ग महिला जेसिजको सप्ताहव्यापी कार्यक्रममा वैशाख १० गते मंगलबार घोराहीको भरतपुर खेल मैदानमा घैटाफोर कार्यक्रम रहेको छ ।

Advertise with us