विद्यार्थीलाई शिक्षासँगै संस्कार आवश्यक छ : प्रिन्सिपल केसी

आदिम केसी  (प्रिन्सिपल) 

अल्फा इङ्लिस बाेर्डिङ स्कुल

घाेराही १४ नयाँ बजार दाङ

Blog Post Ad

१. भर्ना अभियान कस्तो चल्दै छ ?
यतिबेला शैक्षिक सत्र २०७५ सकिएर २०७६ सुरु भएको छ । बैशाख २ गतेबाट भर्ना अभियान सुरु भएको छ । विगतका वर्षझैं यो वर्ष पनि भर्ना अभियान निकै उत्साहजनक रुपमा चलिरहेको छ ।

Blog Post Ad

२. तपाईंको विद्यालयको अरुभन्दा फरक अर्थात् राम्रो पक्ष के हो ?
अरुको भन्दा फरक भन्ने भन्दा पनि राम्रो पक्षका कुरा गरौँ किनकि हामीले एउटै समाज र समुदायमा विद्यालय सञ्चालन गरिरहँदा जसले जेजस्तो जलप लगाए पनि सबै विद्यालय लगभग लगभग उस्तै परिवेशमा चलेका छन् । विद्यार्थीलाई शिक्षासँगै संस्कार निकै आवश्यक छ । हामीले सांस्कारिक शिक्षालाई महत्वपूर्ण पाटोको रुपमा जोडेका छौँ ताकि विद्यार्थीले ज्ञानसँगै संस्कार सिकोस्, ऊ आफ्नो समाजमा अनुकरणीय बन्न सकोस्, व्याबहारिक बन्न सकोस् अनि दृष्टान्त बनोस् ।

३. पछिल्लो समयलाई सम्बोधन हुने गरी तपाईं विद्यालयमा शैक्षिक क्रियाकलापलाई केकसरी प्रविधिमैत्री आधुनिक बनाउनुभएको छ ?
अहिलेको समय प्रविधिको समय हो । हिजोको समयभन्दा आजको समय प्रविधिमय छ । विद्यालय ज्ञानको मुहान हो । अवश्य पनि हिजोको सिकाई र आजको सिकाईमा फरक हुन जरुरी छ । अहिलेका बालबालिका गर्भमै प्रविधिको प्रभाव परेर जन्मेका हुन्छन् । सिकाईलाई प्रविधिसँग जोड्न सकियो भने निकै सान्दर्भिक हुन्छ नै । यही आवश्यकतालाई मध्यनजर गरेर गत शैक्षिक सत्रदेखि हामीले प्रि प्राइमरीका कक्षा किताब र कापीबाट मुक्त गरेका छौँ । क्रियाकलापमा आधारित सिकाईलाई जोड दिएर मल्टिमिडिया सिस्टमका माध्यमबाट बालबालिकाले रमाइलो महसुस गर्ने गरी प्रविधिमैत्री बनाएका छौँ । यसले सिकाइलाई निकै सहज गराएको छ ।

 

 

 

४. अभिभावक र विद्यालयले किन रोज्ने तपाईंको विद्यालय ?
विद्यालय छनौटमा विद्यार्थी र अभिभावकलाई स्वतन्त्रता हुन्छ । तैपनि हाम्रो स्कुल नै किन त भन्ने सन्दर्भमा अबको समय महङ्गा र विलासिताको स्कुलभन्दा राम्रो विद्यालयको पहिचान हुन जरुरी छ । आफ्नो बालबालिकाको पढाइलेखाइ तथा रेखदेखमा अभिभावक सचेत रहन जरुरी छ । अब विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी बीचको सन्तुलनको मापन अभिभावक र विद्यार्थीले गर्नुपर्दछ । यही सन्तुलनको एक उत्कृष्ट गन्तव्यका रुपमा हामीले हाम्रो विद्यालयलाई स्थापित गर्दै लगेका छौँ । यसका साथै विद्यार्थीका रुचिलाई सम्बोधन गर्दै नृत्य, गीत, बाद्यबाधन तथा मार्सल आर्टको अबसर प्रदान गर्दै आएका छौँ ।

५. विद्यालय र विद्यार्थीको शैक्षिक सुधारको लागि अबको योजना के छ ?
अधिकांश अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय परीक्षामुखी बन्दै गएको तीतो सत्य नै हो । विद्यालयको शैक्षिक स्तर खस्कनुका पछाडि शिक्षण सिकाई परीक्षामुखी हुनु पनि हो । अध्ययन र अध्ययापन जीवनमुखी तथा व्यावहारिक हुन जरुरी छ । मेरो बच्चाले कति प्रतिशत र स्थान लियो भन्ने भन्दा पनि शिक्षण सिकाईको स्तर कति बढ्यो या घट्यो भनेर मूल्याङ्कन हुन जरुरी छ । अहिले विद्यार्थीमा ह्वात्तै पठनसंस्कृति घटेको छ । यी सबै समस्यालाई समाधान गरी अगाडि बढ्न अब टड्कारो आबश्यकता देखिएको छ । यिनै समस्यालाई सम्बोधन हुने गरी अबको योजनालाई अगाडि बढाउँदै छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *