लमहीमा दुर्घटना हुदाँ एकको मृत्यु, दुई घाइते

रीता लामा

Blog Post Ad

घोराही, ९ वैशाख | गएराति करिव १२ बजे तिर दाङको लमहीमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । लमही नगरपालिका ७ बनघुस्री स्थित पुर्व पश्चिम राजमार्गमा अन्तरगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ९१६७ नं.को ट्रकमा सोही दिशाबाट आउदै गरेको रा ३ प ७९५ नं.को मोटरसाईकल पछाडीबाट ठोकिदा उक्त घटना घटेको हो ।

Blog Post Ad


दुर्घटनामा परी लमही नगरपालिका ७ उचानिम्बु बस्ने बर्ष २२ बर्षिय लालु चौधरीको मृत्यु भएको हो । चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा आज विहान दुई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।


चौधरीसँगै मोटरसाइकलमा सवार १६ बर्षिय आशिष चौधरी र लमही नगरपालिका ३ मजगाउँ बस्ने १३ बर्षियको प्रकाश घर्तिमगरलाई थप उपचारको लागी बाँके स्थित मेडिकल कलेज कोहलपुर पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *