दाङ महिला जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु


घोराही, ८ वैशाख । दाङ महिला जेसिजको सप्ताहा व्यापी कार्यक्रम सुरु भएको छ । कार्यक्रममको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै चौधरीले महिलाहरुले पनि अव सबै तह र निकायमा नेतृत्व गर्ने समय आइसकेको बताउनुभयो ।

Buddha International Hospital
Advertise with us

उहाँले महिलाहरु शैक्षिक, आर्थिक रुपमा सक्षम हुनुपर्ने भन्दै अझै पनि यदाकता महिला हिंसा घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । दाङ महिला जेसिजले सप्ताहव्यापी कार्यक्रमको सुभारम्भको दिन शुभकामना आदान प्रदान गरेको थियो ।


दाङ महिला जेसिजले सत्पाह व्यापी कार्यक्रम अन्र्तगत भोलि वैशाख ९ गते तुलसीपुर १८ विजौरीका बालबालिकालाई सहयोग गर्ने, वैशाख १० गते भरतपुर खेल मैदानमा घैटाफोर कार्यक्रम गर्ने, यस्तै वैशाख ११ गते नागरिक सुरक्षा सम्बन्धि अन्तर क्रिया कर्यक्रम गर्ने, वैशाख १२ गते खुला साहित्यक कार्यक्रम गर्ने, वैशा १३ गते बलात्कार विरुद्धको सडक नाटक प्रस्तुत गर्ने र कार्यक्रमको अन्तम दिन वारकुने दहमा समापन गर्ने कार्यक्रम राखेको छ ।