नगरपालिकाद्धारा अस्थाई ट्राफिक पोष्टलाई ब्रेथलाईजर हस्तान्त्रण

शिवु खनाल

Buddha International Hospital

देउखुरी, ८ बैशाख | लमही नगरपालिकाले अस्थाई ट्राफिक पोष्ट लमहीलाई ब्रेथलाईजर हस्तान्त्रण गरेको छ । १ लाख २५ हजार रुपैँया बराबरको ब्रेथलाईजर मादक पदार्थ सेवन छ छैन भनी जाँच गरिने मेसिन लमही नगरपालिका नगर उप–प्रमुख देवका बेल्वासे, लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगि, जिल्ला ट्राफिक प्रमुख मदनबहादुर कुँवर, अस्थाई ट्राफिक पोष्ट लमही ईञ्चार्ज विष्णबहादुर केसीको संयुक्त उपस्थितिमा ब्रेथलाईजर मादक पदार्थ सेवन छ छैन भनी जाँच गरिने मेसिन लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अस्थाई ट्राफिक पोष्ट लमहीलाई हस्तान्त्रण गर्नु भएको हो ।

Advertise with us

डिजिटल ब्रेथलाईजर मेसिन दाङ जिल्लामै पहिलो पटक हस्तान्त्रण गर्ने पहिलो नगरपालिका भनेको लमही नगरपालिका हो, अहिले सम्म प्रहरीको स्थापना काल देखि दाङमा लमही नगरपालिकाले पहिलो पटक ब्रेथलाईजर मेसिन हस्तान्त्रण गरेको जिल्ला ट्राफिक प्रमुख मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

पहिलो मादक पदार्थ सेवन छ, छैन भनी मुखले सुङ्गेर जाचँ द्धारा प्रमाणिको लागि लमही अस्पतालमा पठाउनु पर्ने समस्या रहेको थियो, मादक पदार्थ जाचँ गर्दा उसलाई कुनै रोगबेथ लागेको भए आफुलार्य सर्ने डर पनि थियो तर, अहिले यो समस्याको समाधान भयो, अस्थाई ट्राफिक पोष्ट लमहीका ईञ्चार्ज विष्णुबहादुर केसीले जानकारी दिनसभयो ।

मादक पदार्थ सेवन गरि सवारी साधन सचालउने जो कोहीलाई ब्रेथलाईजर मेसिनबाट गाडि नम्बर, लाईसन्स नम्बर, नाम, फोटो ईन्ट्री गरि ठाउँको ठाउँ प्रमाण सहित कार्वाही गर्न सजिलो हुने ईञ्चार्ज केसीले जानकारी दिनुभयो ।

Advertise with us