बंगलाचुलीमा स्मार्ट कृषि गाउँ कार्यक्रमको सुभारम्भ

घोराही, ८ बैशाख | प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कृषिको व्यबसायीकरण र उद्यमबाट मात्रै अबको आर्थिक संबृद्धी सम्भब रहेको बताउनुभएको छ । प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत दाङको बंगलाचुली गाउँपालिका ६ रिभानटोलमा आयोजित घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले जीवन निर्वाहमुखी कृषिलाई अब व्यवसायीककरण बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

सरकार जनताको जीवन स्तरमा विकास र संबृद्धीको सुधार ल्याउने बाटोमा अघि बढेको भन्दै कृषिमा आधुनिकीकरण र व्यवसायीककरण गर्न स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । हिजो अधिकारका लागि भएका संघर्षहरु रुपान्तरीत भएको उल्लेख गर्दै सरकार र जनता मिलेर बिकासको बाटोमा अघि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।

अबको मार्ग भनेकै जनताको जीवन स्तरमा सुधार ल्याउने एक मात्र लक्ष्य भएको भन्दै उहाँले त्यसको माध्यक कृषि भएको उल्लेख गर्नुभयो । बजारको माग अनुसार कृषकहरुले उत्पादनमा ध्यान दिनुपर्ने मुख्यमन्त्री पोख्रेलको सुझाब छ । निर्वाहमुखी कृषिबाट व्यवसायीक खेतीमा जोड्न प्रदेश सरकारले पहिलो बर्ष एउटा नमुना गाउँलाई ५० लाख सहयोग गरेको बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले रिभानमा कागतीको बिरुवा रोपेर कार्यक्रमको सुभारम्भ गर्नुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले बंगलाचुलीको रिभान गाउँमा तरकारी र कागती खेती गरिने जानकारी दिनुभयो ।

अभियानकारुपमा चल्ने ४ बर्षे कार्यक्रम अन्तरगत ३ सय  रोपनी जग्गामा खेती गर्नुपर्ने बताउनुभयो । स्मार्ट कृषि गाउँ कार्यक्रममा बजार, प्रविधी, जलवायु, खाद्यपोषण, सिचाई लगाएतका क्षेत्रहरु समेत स्मार्ट बन्नुपर्ने उल्लेख गर्नुभयो । रिभानगाउँका ५० जना किसानहरु स्मार्ट कृषि गाउँ कार्यक्रममा आबद्ध भएका छन् ।

कार्यक्रममा संघिय संसदका सदस्य सुजिता साक्य, पूर्ब सांसद भागवत विश्वासी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उप महानगरपालिकाका प्रमुख घनस्याम पाण्डे, बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली, नेकपाका कार्यदल सदस्य सुवास पुन, टीकाराम खड्का, नेकपा बंगलाचुलीका अध्यक्ष डोमाकान्त कवर, वडा नम्बर ६ का अध्यक्ष बेदुलाल जिसी लगाएतकाले आर्थिक बिकासमा कृषिको प्रर्बद्धन गर्न किसानहरु नै अब अग्रसर हुनुपर्ने बताउनुभयो ।

Advertise with us