दाङमा सवारी दुर्घटना हुँदा चार जना घाइते

तुलसीपुर, ८ बैशाख | दाङमा बस दुर्घटना हुँदा चार जना गम्भिर घाईते भएको छन् । तुलसीपुर उपमहानगरपालिका—४ माथिल्लो हलवारमा भएको बस दुर्घटनामा परि तुलसीपुर—४ का भुपबहादुर राना, उज्जर बुढा, राजकुमार पुन र जयबहादुर बुढा गम्भिर घाईते हुनुभएको छ ।

Buddha International Hospital

Advertise with us

गम्भिर घाईते चार जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट हलवार खादे्र जाँदै गरेको रा १ ख १०३९ यात्रुबहाक बस दुर्घटना परेको स्थानीय माथिल्लो हलवार टोलका सचिव गणेश बस्नेतले जानकारी दिनुभयो । बस करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।