कालोपत्रे सडक मर्मत गरिदै

Advertise with us


प्यूठान, बैशाख ८ । जिल्लाको प्रमुख सडक भालुवाङ–प्यूठान–रोल्पा खण्डको मर्मत थालिएको छ । कालोपत्रे सडकको विग्रिएका विभिन्न स्थानमा मर्मतसँगै पुनः कालोपत्रे गर्न लागिएको हो ।


Advertise with us
डिभिजन सडक कार्यालय प्यूठानका अनुसार चालु आर्थिक वर्षमा सडक मर्मत सम्भार कार्यक्रम अन्र्तगत कालोपत्रे विग्रिएका ठाउँमा मर्मत तथा कालोपत्रे गर्न लागिएको हो । भालुवाङ–प्यूठान, जस्पुर–लिवाङ रोल्पा सडकमा मर्मत गर्न लागिएको कार्यालय प्रमुख धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

Buddha International Hospital


बाटो चौडा गर्दा, क्षमता भन्दा बढी तौल बोकेर गाडी चलाउदा ठाउँठाउँमा बाटो विग्रिएर धुलाम्य भएका छन् । एक लेनको मात्र बाटो भएकाले कतिपय स्थानमा सडक कार्यालय आफैले बाटो विस्तार गर्दा पिच विग्रिएको छ, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो,त्यो ठाउँमा अलि बढी लामो पिच हुँदैछ । बाँकी स्थानमा स–साना टालटुलको काम भइरहेको उहाँको भनाई छ ।

स्थानीयले घर घरडेरी बनाउँदा, कुलो, नाली बनाउँदा समेत बाटो विग्रने, पिच उप्किने गरेका छन् । त्यसतर्फ कार्यालयले चासो दिन थालेको छ । धरौटी रकम लिएर मात्र काम गर्न सम्वन्धित व्यक्तिलाई अनुमति दिने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । कतिपयले अटेर गर्छन, उहाँले भन्नुभयो, कतिपयले नियम थाहा भएन पनि भन्छन् ।

सडक मर्मत सम्भारका लागि यस वर्ष पाँच करोड ९७ लाख रुपियाँ बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । वर्षेनी प्राप्त हुने रकमले बाटो मर्मत हुँदै आएको छ । सोही रकमबाट सडक मर्मत कार्यकर्ताको तलव समेत वितरण गरिने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । ४३ जना सडक मर्मत कार्यकर्ता छन्, उहाँले भन्नुभयो, ७ जना सुपरभाईजर छन् ।