अप्ठेरोमा बौद्धिक अपांग

Advertise with us

दाङ, ८ बैशाख | बालमन्दीर प्राविमा अहिले २४ जना बौद्धिक अपांगता भएका बालबालिकाहरु अध्ययन गर्छन् । १२ जना छात्रा र १२ जना छात्र गरेर २४ जना बौद्धिक अपांगता भएका बालबालिका मध्य १५ जना विद्यालयमा आवासिय रुपमा अध्ययन गर्ने गरेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । जसमध्य ९ छात्रा र ६ छात्र छन् ।

Buddha International Hospital

Advertise with us

बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई अध्ययन गराउने विधि भने सामान्य छ । उनीहरुलाई अध्ययन गराउन विशिष्ठ शैली र तालिम प्राप्त शिक्षक हुनुपर्ने भएपनि सामान्य रुपमा अध्यापन गराउँदै आएको विद्यालयले बताउछ । उनीहरुको बुझाइको स्तर अनुसार उपयुक्त कक्षा र तालिम प्राप्त शिक्षकको व्यवस्था गर्न विद्यालयले सकेको छैन ।

विद्यालयमा ७ वर्षदेखि पढ्दै आएका बालबालिकाहरु पनि छन् भने केहि महिनादेखि पढ्दै आएका बालबालिकाहरु पनि त्यहि कक्षामा छन् ।

त्यस्ता बालबालिकाहरुका लागि होस्टेल पनि उपयुक्त छैन । अपांगमैत्री भवन नहुँदा उनिहरु सधै जोखिम मोलेर हिड्ने गर्छन् । पुरानो भवनको माथिल्लो तलामा होस्टेलको व्यवस्था हँुदा उनीहरुलाई उक्लि।न र झर्न समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

अहिले सम्बन्धित निकायहरुबाट उनीहरुका लागि सहज शिक्षा प्राप्त गर्ने वातावरण नबनाइदा असामान्य अवस्थामा रहेका उनीहरुले सामान्य विद्यार्थीहरुले जस्तै पढ्न बाध्य भएका हुन । उनीहरुको अध्ययनका लागि छुट्टै शिक्षण सिकाई प्रक्रिया लागु गर्न सकिएको छैन |