लगानी अभावमा हुन सकेन् उत्खनन


सल्यान, ८ बैशाख । सल्यानमा भएका खनिज पदार्थका खानीहरु लगानी अभावमा उत्खनन हुन सकेका छैन् । चारैतिर पहाडले घेरिएको सल्यानमा धेरै ठाउँमा कोइला, चुनढुंगा, फलाम, सिसा र पत्थरको खानी रहेको खानी तथा भूगर्भ विभागको अध्ययनले देखाइसकेको छ । तर त्यसको उत्खनन अवस्था भने शून्य रहेको छ ।

Buddha International Hospital
Advertise with us

कार्णाली प्रदेशमा पर्ने सल्यानमा थुप्रै खनिज पदार्थ भएको भन्दै धेरै नेताहरुले भाषण गर्ने गरेपनि उत्खनन्मा चासो नदिएको स्थानीयले बताएका छन् । खानी तथा भूगर्भ विभागले २०४० तिर गरेको अध्ययनमा सल्यानको खामेलेक र आसपासका अन्य लेकमा चुनढुंगा भएको पत्ता लागेपनि अहिलेसम्म यसको उत्खननमा सरकारले चासो देखाएको छैन् ।