गाईबाट संकलित मूत्र प्रशोधन गरी बिक्रि

ग्याष्ट्रिक तथा पेटको समस्यामा प्रयोग गर्न सकिने


प्युठान,८ बैशाख । प्यूठानको स्वर्गद्धारी आश्रममा रहेका गाईबाट संकलित मूत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री गर्न सुरु गरिएको छ । स्वर्गद्धारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मूत्र संकलन हुँदै आएको छ । संकलित मूत्रलाई प्रशोधन गरी ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने गरी गौअर्घको रुपमा बिक्री गर्न सुरु गरिएको हो ।

Buddha International Hospital
Advertise with us

झण्डै १ महिना अघिदेखि गौअर्घको रुपमा प्रशोधित गाईको मूत्र बिक्री गर्न सुरु गरिएको आश्रममा रहेका बाबुराम न्यौपानेले जानकारी दिनुभयो । ८० लिटर गाई मूत्रलाई उमालेर बाफ निकाल्दै पूरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ उत्पादन हुने न्यौपानेले जानकारी दिए ।

गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैया राखिएको छ । आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भएपनि चिसोका कारण पूरै क्षमतामा सञ्चालन हुन सकेको छैन ।।

Advertise with us