पुलिसका विक र थापाले गरे ह्याट्रिक

आठौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आज विहान भएको खेलमा पुलिसका दुई खेलाडीले ह्याट्रिक गरेका छन ।
सुदुरपश्चिम र नेपाल पुलिस बीच भएको खेलमा पुलिसकी निर्मला बिक र निरु थापाले ह्याट्रिक गरेका हुन् । थापाले हिजो प्रदेश ५सँगको खेलमा पनि ह्याट्रिक गर्नुभएको थियो ।

Buddha International Hospital
Advertise with us

घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा पुलिसकी जर्सी नम्वर १४ की थापाले पहिलो हाफको ४० जोड दुइ मिटेनमा, दोस्रो आधाको ८ मिनेटमा गोल गर्नुभएको थियो । खेलमा निकै आक्रामक देखिनुभएकी थापाले दोस्रो हाफ कै ४० जोड दुइ मिनेटमा गोल गरेर आजको खेलमा पनि ह्याट्रिक गर्नु सफल हुनुभएको हो ।


यस्तै खेलमा पुलिस कै निर्मला विकले पनि ह्याट्रिक गर्नुभएको छ । जर्सी नम्वर सातकी विकले पहिलो हाफको २० मिनेट, दोस्रो हाफको १६ र ४९ मिनेटमा गोल गरेर ह्याट्रिक गर्न सफल हुनुभएको हो । खेलमा पुलिस कै जर्सी नम्व्र १९की रन्जिता गुरुङले पहिलो हापको ४९ मिनेटमा एक गोल गर्नुभयो । योसँग आज विहानको खेलमा पुलिसले सुदुर पश्चिमलाई ७–० गोलले सानदार जित हात पारेको छ ।