संवेदनशिल क्षेत्रको निगरानी अव सिसि क्यामराबाट

घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले बजारका संवेदनशिल क्षेत्रहरुको निगरानी वडा कार्यालयबाटै सिसि क्यामेराबाट गर्न थालेको छ । वडा कार्यालयले आफ्नो कार्यालय देखी वडा क्षेत्र भित्र पर्ने बजारका संबेदनशिल सार्वजनिक स्थलहरुमा सिसि क्यामेरा जडान गरेको हो ।
कार्यालयको राजस्व शाखा, प्रशासन शाखा, कार्यक्रम हल र प्राङगणलाई अध्यक्षको कार्यकक्षबाट निगरानी गर्ने गरी क्यामेरा जडान भएको छ ।

Buddha International Hospital
Advertise with us


त्यसैगरी बजारका सार्वजनिक स्थलहरु बसपार्क, दामोदर चोकको सार्वजनिक शौचालय क्षेत्र, तिनकुने चोक, आर्मी व्यारेककको त्रिमूर्ती चोक र डुम्मरगाउँ जाने चोकमा नौ वटा सिसि क्यामेरा जडान भएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
वडा कार्यालय बाहिरका पाँच वटा सार्वजनिक संबेदनशिल क्षेत्रको निगरानी वडा कार्यालय सँगै वडा प्रहरी कार्यालयबाट समेत हेर्न सकिने व्यवस्था मिलाईएको छ ।


कुनै पनि अपराधिक कार्य हुन नदिन र घटना भएपछि पनि अनुसन्धानमा सहयोग पुग्ने उदेश्यले सिसि क्यामेरा जडान गरिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

सिसि क्यामेरा जडान पछि नगर प्रमुख नरुलाल चौधरीले शान्ति सुरक्षा कायममा सिसि क्यामेराले ठूलो सहयोग पु¥याउने भन्दै त्यसको सुरक्षामा बिषेश चनाखो बन्न सुझाव दिनुयो ।