महिला क्रिकेट ः प्रदेश १ विजयी

दाङ | दाङको लमहीमा जारी आठौं राष्ट्रिय महिला क्रिकेटमा प्रदेश नं १ विजयी भएको छ । आज बिहान भएको खेलमा गण्डकी प्रदेशलाई १० विकेटले पराजित गर्दै १ नं प्रदेश विजयी भएको हो । आजको जितसँगै प्रदेश १ सेमिफाईनलमा प्रवेश गरेको छ ।

Buddha International Hospital


Advertise with us
टस जितेर व्याटिङ गर्न आएको गण्डकी प्रदेशले झिँनो रनमा अल आउट भएको थियो । निर्धारित २० ओभरमा १३.३ ओभर खेल्दै जम्मा २५ रनमा प्रदेश १ अलआउट भयो । गण्डकी प्रदेशका लागि शिला रेग्मीले ६ रन बनाउनु बाहेक अरु खेलाडीले आवश्यक रन बनाउन सकेनन् । गण्डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश १ की सवनम राईले ४, संगीता राईले ३, रश्मि शर्मा चौलागाईले २ तथा अप्सरी वेगमले १ विकेट लिए । २६ रनको लक्ष्यका साथ व्याटिङमा उत्रिएको प्रदेश १ ले २.४ ओभरमा जित निकाल्यो ।


प्रदेश १लाई जित दिलाउन रुविना क्षेत्री बेल्बासेले १८ रन तथा काजोल श्रेष्ठले ८ रनको अविजित योगदान दिएका थिए । आजको जितसँगै प्रदेश १ समूह विजेता बन्दै सेमिफाईनलमा पुगेको छ भने गण्डकी प्रदेश बाहिरिएको छ । आजको खेलमा ४ विकेट लिन सफल सवनम राई ओम्यान अफ द म्याच हुनुभएको थियो ।