विद्यालयमा भर्ना शुल्क मिनाह

देउखुरी, ७ बैशाख | लमही नगरपालिका वडा नम्बर ७ को बैठक बनाघुस्री सम्पन्न भएको छ । शुक्रवार बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा बसेको बैठकले अर्जुन आधारभूत बिद्यालय हस्नापुरलाई आर्थिक सहयोग गर्ने भन्दै, भर्ना शुल्क, परिक्षा शुल्क र मासिक शुल्क नलिने निर्णय गरेको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

आर्थिक वर्ष ०७५÷०७ मा भर्ना शुल्क नलिने र बिद्यालयलाई आर्थिक सहयोग गर्ने कामको शुरु भएको छ, आगामी दिनमा उक्त बिद्यालयको शैक्षिक सुधारका लागि वडा कार्यालयले बिषेश ध्यान दिने वडाध्यक्ष गिरीले बताउनुभयो । साथै बिद्यालय भित्र भएका सम्पूर्ण समस्या वडा कार्यालयले अध्ययन गरि निवारण गन वडाध्यक्ष गिरीले बताउनुभयो ।

अर्जुन आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वडा कार्यालयले यस्तो निर्णय गरेको हो । निजि श्रोतमा राखिएका शिक्षकलाई तलब भत्ता खुवाउनका लागि हामीले बिद्यार्थीबाट भर्ना, मासिक र परिक्षा शुल्क लिने गरेका थियौ र बिद्यालयमा चार सयको हाराहारीमा बिद्यार्थीहरु अध्यनरत रहेको बिद्यालयका प्रधानाध्यापक मजगैयाले बताउनुभयो ।

त्यस्तै प्रधानाध्यापक मजगैयाका अनुशार उक्त बिद्यालयको नि.मा.बि तहमा बिषयगत शिक्षक नहुदा विद्यार्थीको पढाईमा समस्या उत्पन्न हुने गरेको छ ।