बजार र वडा कार्यालयको सिसि क्यामेराबाट निगरानी

दाङ, बैशाख ७ । घोराही उपमहानगरपालिका वडानम्वर १४ ले बजारका संवेदनशील क्षेत्रहरुको निगरानी वडा कार्यालयबाटै सिसि क्यामेराबाट गर्न थालेको छ । वडा कार्यालयले आफ्नो कार्यालयदेखि वडा क्षेत्रभित्र पर्ने बजारका संवेदनशील सार्वजनिक स्थलहरुमा सिसि क्यामेरा जडान गरेको हो ।

Blog Post Ad

Blog Post Ad

कार्यालयको राजश्व शाखा, प्रशासन शाखा, कार्यक्रम हल र प्राङ्गणलाई अध्यक्षको कार्यकक्षबाट निगरानी गर्ने गरी क्यामेरा जडान भएको छ । त्यसैगरी बजारका सार्वजनिक स्थलहरु नयाँ बसपार्क, दामोदर चोकको सार्वजनिक शौचालय क्षेत्र, तिनकुने चोक, आर्मी व्यारेककको त्रिमूर्ती चोक र डुम्मरगाउँ जाने चोकमा सिसि क्यामेरा जडान भएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

वडा कार्यालय बाहिरका ५ वटा सार्वजनिक संवेदनशील क्षेत्रको निगरानी वडा कार्यालयसँगै वडा प्रहरी कार्यालयबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

कुनै पनि अपराधिक कार्य हुन नदिन र घटना भएपछि पनि अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले सिसि क्यामेरा जडान गरिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

यसैबीच सिसि क्यामेरा जडानको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । सिसि क्यामेराको स्विच अन गरेर ९ वटै सिसि क्यामेरा एकै पटक सञ्चालनमा ल्याउनुभएको हो । नगर प्रमुख चौधरीले शान्ति सुरक्षा कायममा सिसि क्यामेराले ठूलो सहयोग पु¥याउने भन्दै त्यसको सुरक्षामा विशेष चनाखो बन्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *