को हुन्, घर्ती किन मारिए ?

रोल्पा निबासी नेपाल मगर संघका पुर्ब केन्द्रीय उपाध्यक्ष नन्दबहादुर घर्ती मगर मगर समुदायमा बौद्धिक ब्यक्तिका रुपमा परिचित ब्यक्तिका रुपमा गनिने ब्यक्ति हुन् । लामो समय शिक्षण पेशामा जोडिनुभएका नन्दबहादुर घर्ती मगर मगर समुदायको उत्थानका लागि संघर्षशील ब्यक्ति पनि हो ।

पछिल्लो समय शिक्षण पेशासंगै रोल्पामा स्टेसनरी ब्यबसयाी गर्नुका भएका घर्ती पछिल्लो समयमा शिक्षण पेशा छाडेर घोराहीमा बसेर हाडवेयर पसल सञ्चालन गर्दै आउनुभएको थियो । रोल्पाको माडी गाउँपालिका—६ कोर्चाबाङका घर्ती मगर भाडाको घरमा पसल सञ्चालन गर्दै आउनुभएको थियो ।

Buddha International Hospital

अन्त्यन्त मिजासिलो ब्यक्तिका रुपमा चित्रित घर्ती मगर मगर समुदायलाई एक जुट गराउनका लागि अहोरात्र खटिने ब्यक्तिका रुपमा लिईन्छ । बिशेषगरी दाङमा देखिएको मगर संघको फाटोलाई मिलाउनका लागि घर्तीको महत्वपुर्ण भूमिका रहेको थियो ।

Advertise with us

मगर समुदायको उत्थानका लागि विभिन्न क्रियाकलाप गरीरहनुभएका घर्ती मगरको बिहीबार बेलुकी घोराहीमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । घर्तीको हत्याप्रति विभिन्न संघसस्था तथा ब्यक्तिहरुले दुख ब्यक्त गरेका छन् । उनको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।

रोल्पा तालाबाङका अमर खत्रीलाई घर्तीको पसलबाट कारोबार गरेर केही रकम उधारा भएपछि उक्त लेनदेनका क्रममा हत्या भएको प्रहरीको दाबी रहेको छ । यद्यपी आफन्तजनहरुले यही कारणले मात्रै हत्या नभएको दाबी गरेका छन् । केही हात कारोबार रहेको भए पनि त्यत्ति नै कारण हत्या कारण हुन नसक्ने बताइएको छ ।

हत्या अगाडि घर्तीको पुसलमा दुई जना आएका थिए र केही समयपछि तीनै जनासंगै बाहिर गएका थिए । त्यसको आधा घण्टापछि मात्रै धारिलो हतियार प्रहार भएको खुलेको छ । हतियार प्रहारबाट गम्भिर घाइते घर्तीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई बिशेषगरी गोरेबहादुर खपांगीको लाइनका रुपमा चिनिन्छ । मगर समुदायमा रहेको यही दुई धारका कारणल पनि हत्या भएको हुन सक्ने आफन्तहरुको आशंका रहेको छ । घटनाका बारेमा दाङ प्रहरीले अनुसन्धान जारी राखेको छ । अहिले मगर संघका सबै जिल्लाहरुमा अधिबेशन चलीरहेका छन् यही धारको पनि केही हात छैन आफन्तले आशंका गरेका छन् ।

(बबइ खवरबाट साभार)

Advertise with us