मन्दिर बनाउने क्रममा छतबाट खसेर मृत्यु


तुलसीपुर, ७ बैशाख । दाङमा भुइँयारथान मन्दिर बनाउने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका—७ मा रहेको भुइँयार थान मन्दिर निर्माणका गर्ने क्रममा छतबाट खरेर सोही ठाउँ निवासी ५२ बर्षीय भीमबहादुर रावतको मृत्यु भएको हो ।

Buddha International Hospital
Advertise with us

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हिजो साँझ पाँचबजेतिर छतबाट खसेका रावतको आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार रावतको आज बिहान २ बजेतिर सुतिरहेको अबस्थामा मृत्यु भएको हो ।