राम्री मोड फराकिलो बनाईदै

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने


तुलसीपुर, ७ बैशाख । राम्री मोड फराकिलो बनाउन राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डमा दैनिक ९ घण्टा सडक अबरुद्ध हुने भएको छ । २३ जना बिद्यार्थीहरुको मृत्यहुनेगरि भएको तुलसीपुर उपमहानगरपालिका—३ को राम्री ‘मोड’ हटाउनका लागि आजदेखि बैशाख २५ गतेसम्म दैनिक ९ घण्टा सडक अबरुद्ध गर्ने सहमति भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताउनुभयो ।

Buddha International Hospital
Advertise with us

उहाँका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक अबरुद्ध गरेर काम गर्ने सहमति भएको हो । सडक निर्माण गर्ने स्थलमा सडक साँघुरो हुँदा मर्मत कार्य प्रभाबकारी नभएको भन्दै सडक अबरुद्ध गरेर काम शुरु गर्न लागिएको हो ।

राम्री मोडकै कारण पटक—पटक गरि चारवटा सवारी दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेपछि सडक निर्माण कार्य अघि बढाईएको हो । सडक डिभिजन कार्यालय दाङले मोड फाल्नका लागि उज्जवल निर्माणसेवा संग सम्झौता गरेको छ ।

भ्याट सहित ५६ लाख लागतमा चालुआर्थिक बर्षको असार भित्र सक्ने गरि निर्माण कार्य शुरु भएको सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर लिलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत २९ गतेदेखि काम शुरु भएको र असार २५ गतेभित्र सक्ने गरि सम्झौता भएको हो ।।