सुन धितो राखेर चर्को व्याज असुल्ने पक्राउ

रीता लामा

Buddha International Hospital

घोराही,  ७ वैशाख गत असोज तुलसीपुकी १९ बर्षिया विपना रेग्मीले तुलसीपुर ६का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लैजानुभयो ।

Advertise with us


उहाँले बार्षिक १५ प्रतिशत ब्याज दिने सर्तमा ६० बर्षिय गुप्तासँग ४० हजार रुपैया ऋण लैजानुभएको थियो । गत वैशाख १ गते साँवा सहित तोकिएको सबै व्याज पनि बुझाउनुभयो । तर सुन र्फिता माग्दा गुप्ताले ‘१५ प्रतिशतले हुँदैन ४८ प्रतिशत व्याज दिए मात्र म सुन दिन्छु ।’ भन्दै सुन दिन मानेनन । गुप्ताले कुनै पनि हालतमा सुन नदिने बताए पछि विपनाले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दाको निवेदन दिनुभयो ।


उहाँको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालयले गुप्तालाई पक्राउ ग¥यो । पक्राउसँगै गुप्ताको घरकोठा खानतलासी गर्ने क्रममा अन्य विभिन्न मानिसहरुका २०६ पोका सुनका गरगहनाहरु फलामको घर्रामा राखेको भेटियो । गुप्ताले लामो समय देखि त्यहाँका मानिसहरुसँग गरगहना राख्ने र चर्को व्याजदरमा ऋण लगानी गर्ने गरेको पाए पछि गुप्तालाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत विनोद विक्रम शाहले जानकारी दिनुभयो ।


‘मान्छेको विवरण र सुन राखेको भेटाएका छौ ।’ उहाँले भन्नुभयो ‘अबैध रुपमा सुनको कारोवार गरेको हुदाँ र वरामद गरिएका अन्य सून लगायतका सबुद प्रमाणको आधारमा गुप्ता विरुद्ध नेपाल राष्ट्र वैंक ऐन २०५८ को दफा ९५ विपरीतको कसूरमा मुद्दा चलाइएको छ ।’ उहाँले गुप्ताको विषयमा जिल्ला अदालतले थप पाँच दिन म्याद थपेको हुदाँ थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । साथै फक्राउ परेको सुनको पोकाहरु ऋदालतको आदेशपछि मात्रै खोलिने हुदाँ के कति छन् भन्ने बारेमा जानकारी नभएको बताउनुभयो ।

 

Advertise with us