एपीएफ सेमिफाइनलमा र ५ नम्बर प्रदेशको पहिलो जीत

Advertise with us

घोराही, ६ वैशाख

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमही क्रिकेट मैदानमा भएको महिला क्रिकेट प्रतियोगितामा एपीएफले दोस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रदेश नम्बर ३ लाई ९ विकेटले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै प्रदेश नं. ५ ले गण्डकी प्रदेशलाई हराउदै पहिलो जीत दर्ता गराउन सफल भएको छ । एपिएफसंग भएको खेलमा टस जितेर पहिलो व्याटिङ रोजेको प्रदेश ३ ले १५.२ ओभर खेल्दै ३४ रनमा अलआउट भयो । प्रदेश ३ का कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

Advertise with us
वलिङ्ग तर्फ एपीएफकी रितुकुमारी कनोजियाले चार ओभर १ मेडन फाल्दै सात रन खर्चिएर चार विकेट लिनुभयो । यस्तै करुणा भण्डारी र सरिता मगरले २२ विकेट लिनु भयो । ३५ रनको बिजय लक्ष्य लिएर मैदानमा उत्रिएको एपीएफले ५.२ ओभर खेल्दै १ विकेको क्षतिमा ३६ रन बनाउदै सजिलै लक्ष्य भेट्टाउन सक्यो ।
एपीएफका कप्तान सरिता मगरले १७ रन नट आउट बनाउदा इन्दु बर्माले १४ रन नट आउट बनाउनु भयो । बलिङ्ग तर्फ प्रदेश ३ कि गिता कुमारी साहिले १ विकेट लिनु भयो । उमन अफ द म्याच एपीएफकि रितुकुमारी कनोजिया घोषित हुनुभयो ।
यस्तै प्रदेश नम्बर ५ ले गण्डकी प्रदेशलाई १०१ रनले हराएको हो । प्रदेश ५ ले टस जितेर व्याटिङ्ग गर्दै २० ओभरमा चार विकेट गुमाउँदै १६९ रन जोड्यो । जस मध्य नेरी थापा नटआउट खेल्दै ६७ रन, सरस्वती पुन ३७, सरस्वती जिएम १७ रन जोड्नु भयो । प्रदेश ४ ले वलिङ्ग तर्फ सृष्टि पौडेल २ विकेट, निशा लामिछाने र शिला रेग्मी १÷१ विकेट लिनुभयो ।
१७० रनको लक्ष्य लिएर आएका प्रदेश ४ का खेलाडीले २० ओभर खेल्दै आठ विकेट गुमाएर जम्मा ६८ रन जोडे । जसमा सर्वाधिक धन छन्त्याल १४ रन र सृष्टि पौडेल १० रन जोड्नु भयो । प्रदेश ५ ले वलिङ्ग तर्फ लक्ष्मी चौधरी र सरस्वती पुनले २÷२ विकेट लिनुभयो । सर्मिला रोका, कृतिका मरस्मि र मनिसा रानाले १÷१ विकेट लिन सफल हुनुभयो । उमन अफ द म्याच प्रदेश ५ कि नेरी थापा हुनुभयो ।
शनिबार बिहान पहिलो खेल प्रदेश नम्बर १ र गण्डकी प्रदेश, दोस्रो खेल दिउसो प्रदेश नम्बर २ र ५ का बिचमा हुने छ ।

Buddha International Hospital