दिल्ली हवाई भाडा तीन गुणाले बढ्यो

 

Buddha International Hospital

काठमाडौं, ६ बैसाख । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रूटमा हवाई भाडा चर्को वृद्धि भएको हो ।

Advertise with us

काठमाडौं–दिल्लीका यात्रुह?लाई हवाई टिकट पाउन गाह«ो भएको ट्राभल एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ ।

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो । काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन । कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए । उनका अनुसार एक साताअगाडि ८–९ हजार रूपैयाँमा पाइने टिकट अहिले २८ हजार रूपैयाँ पनि पाउन कठिन छ ।

खड्काका अनुसार बिहीबार मात्रै काठमाडौंबाट दिल्लीको टिकट किन्न आएका अमृत ढुंगानालाई तीन दिनपछिको इकोनोमी क्लासको टिकट लिन हम्मेहम्मे भयो । ढुंगानाले बल्लबल्ल २८ हजार रूपैयाँमा नेपाल एयरलाइन्सको काठमाडौंबाट दिल्लीको एकतर्फी टिकट पाए ।

टिकट बिक्री गर्ने व्यवसायी आफैं दिल्लीबाट काठमाडौं फर्कने हवाई टिकट नपाएकै कारण दुई दिन लगाएर काठमाडौं आउनुपरेको छ । प्रिज्म इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक बिन्दु प्रधान गत चैत २९ गते दिल्लीबाट गोखरपुर हुँदै भैरहवाको बाटो भएर काठमाडौं आएकी छन् । उनले भनिन्, ‘दिल्ली–काठमाडौंको सीधा हवाई टिकट नपाएपछि दिल्लीबाट गोरखपुर जहाजमा आएँ ।’ सुनौलीबाट सवारीसाधनमा भैरहवा र त्यसपछि जहाजबाट काठमाडौं आएको उनले बताइन् । उनले भनिन्, ‘दिल्लीबाट काठमाडौं आउन ३२ हजार रूपैयाँ भन्दा कमको टिकटै पाइएन ।’

नेपाल वायुसेवा निगमले उडान थप नगर्दा टिकट पाउनै मुस्किल भएको खड्काले बताए । ‘यात्रु चापलाई हेर्दा निगमले ८–१० वटा उडान थप गर्‍यो भने पनि खचाखच हुनेछ’, खड्काले भने । यही गन्तव्यमा हाल भारतीय वायुसेवाले ४० हजारभन्दा बढी एकतर्फी टिकटका पैसा लिने गरेको छ ।

नेपालमा उडान गर्ने वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगमपछि जेट एयर सबैभन्दा बढी यात्रु बोक्नेमा पर्छ । यो वायुसेवाले सन् २०१८ मा मात्रै चार लाख ५० हजार नौ सय ४९ यात्रुलाई सेवा दिएर नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिनेको दोस्रो सूचीमा परेको छ । यसले ३१ सय ३८ उडानमार्फत काठमाडौंमा दुई लाख २४ हजार चार सय ९५ यात्रुलाई अवतरण गराएको छ भने काठमाडांैबाट दुई लाख २६ हजार चार सय ५४ यात्रुलाई बाहिर लगेको छ ।

भारतीय पर्यटकलाई सेवा दिने यो वायुसेवाको काठमाडौं उडान नाफामूलक भए पनि आन्तरिक समस्याका कारण उडान स्थगित गरेको हो । काठमाडौं–दिल्ली ?टमा नेपाल वायुसेवा र एयर इन्डियाले दैनिक दुई–दुई उडान गर्छन् । इन्डिगोले दैनिक एउटा उडान गर्छ । ड्रुक एयरले पनि दिल्ली–काठमाडौं ट्रान्जिट उडान गर्दै आएको छ ।
तीन उडान थप्दै निगम
वायुसेवा निगमले काठमाडौं–दिल्ली ?टमा वैशाख १८ देखि सातामा तीन उडान थप गर्दैछ । हाल सातामा ११ वटा काठमाडौं–दिल्ली दुईतर्फी उडान गरिरहेको निगमले तीन उडान थपेर दैनिक दुई उडान गर्ने भएको छ । यसअघि पनि निगमले दैनिक दुई उडान गर्दै आएको थियो ।

यात्रु चाप घटेकै कारण सातामा ११ वटामा सीमित गरेको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । ‘निगमले दैनिक तीन वटासम्मको उडान तयारी गरिरहेको छ’, उनले भने । अन्नपूर्ण पोष्टबाट

Advertise with us