व्यवसायीको हत्या

घोराही उपमहानगरपालिका वडा नम्वर १३को सेवा खोला पुल नजिक हिजो राती एक व्यवसायीको हत्या भएको छ ।
घोराहीको वडा नम्वर १४ माथिल्लो पुल नजिक हार्डवेयर व्यवसायी संचालन गर्दै आएका रोल्पाका ४९ बर्षिया नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करिव ८ बजे तिर मृतक घर्ति वेवारिसे अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वाथ्य विज्ञानप्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । हत्यामा संलग्न भएको आरोपमा हिजो साझ नै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो । उक्त व्यक्ति अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताउनुभयो ।

Advertise with us
प्रहरीका अनुसार हत्या भएका घर्तिको व्यक्तिको टाउको, छातीमा ठुलो घाउ लागेका थियो ।

Buddha International Hospital
Advertise with us