गुठीको जग्गा अतिक्रमणमा व्यक्ति देखि सरकारी कार्यालयसम्म

जग्गा फिर्ता गर्न तथा दोषीलाई कारबाही गर्न प्रतिवेदन सिफारिस


तुलसीपुर, ६ बैशाख ।
गुठी संस्थानको नाममा रहेको जग्गा दाङ सहित विभिन्न जिल्लामा अतिक्रमणमा परेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । संस्थानको जग्गा अतिक्रमण गर्नेमा सरकारी कार्यालय देखि विभिन्न संघसंस्था समेत रहेका छन् । महालेखा परीक्षकको कार्यालयलेसार्वजनिक गरेको प्रतिवेदनमा दाङ सहित विभिन्न जिल्लामा गुठीका नाममा रहेका जग्गा अतिक्रमण भएको पाइएको हो । दाङको नारायणपुर स्थित १ सय ५७ रोपानी जग्गा व्यक्तिको अतिक्रमणमा परेको छ ।

Advertise with us

संस्थानका अनुसार धनुषामा २९ वटा सरकारी कार्यालयले संस्थानको स्वामित्वमा रहेको ६४ रोपनी ७ आना जग्गा स्वीकृति बिना उपयोग गरिरहेको छ । त्यसैगरी, जनकपुरमा विभिन्न गुठीहरुको १ हजार १ सय ८८ कित्ता, काठमाडौं, ललितपुर, भक्तपुर, जनकपुरधाम क्षेत्रको विभिन्न गुठीको जग्गा अतित्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Buddha International Hospital

यस्तै पशुपति संरक्षित स्मारक क्षेत्रमा स्वीकृति बिना सडक र भवन निर्माण गरी विझिन्न संघ संस्था तथा व्यक्तिबाट अतित्रमण भएको पाइएको छ । गुठीको जग्गा अन्य निकाय वा व्यक्तिले उपयोग गर्दा संस्थानको स्वीकृति लिनुपर्ने भए पनि सरकारी कार्यालय, व्यक्ति, संघसंस्थालेस्वीकृति बिना उपयोग गर्दै आइरहेको छ ।
यसरी अतिक्रमित संस्थानको जग्गाको विषयमा आवश्यक छानबिन गरी गुठीको जग्गा फिर्ता गर्न तथा दोषीलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ ।।

Advertise with us