घोराहीमा करिब आधा बजेट खर्च

७६ दशमलव ६८ प्रतिशत योजनाहरु सम्झौता

घोराही, ६ वैशाख ।
घोराही उपमहानगपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेको साढे एक अर्व बजेट मध्य आधा खर्च भएको जनाएको छ । उपमहानगरपालिकाका सुचना अधिकृत भीमबहादुर चौधरीले १ अर्व ४९ करोड २६ लाख ३ हजार बजेट मध्य चालु तर्फ ९१ करोड ७५ लाख र पुजिगत तर्फ ५७ करोड ६ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

त्यस मध्य चालु आर्थिक बर्षको चैत मसान्तसम्म कुल बजेटको ४६ दशमलव २१ प्रतिशत बजेट अर्थात ६८ करोड ९७ लाख ९५ हजार रुपैया बजेट खर्च भएको छ । उपमहानगरपालिकाको पुर्वाधार विकास तर्फ सडक, सिँचाइ, भवन तथा शहरी विकास, उर्जा जलाधार विकासको लागि ३६ करोड ७३ लाख ४५ हजार बजेट विनियोजन गरेको थियो ।

Buddha International Hospital
Advertise with us

पुर्वाधार विकासको बजेट पनि चैत अन्तिम सातासम्म १० करोड ६५ लाख अर्थात २९ प्रतिशत बजेट खर्च भएको छ । वडा स्तरिय ६१२ योजना मध्य ५२५ योजना अर्थात ५ दशमलव ७ प्रतिशत योजना सम्झौता भैसकेका छन भने ३०९ योजनाहरु सम्पन्न भैसकेका छन ।

नगर स्तरका १६३ योजना मध्य १२५ अर्थात ७६ दशमलव ६८ प्रतिशत योजनाहरु सम्झौता भैसकेको छन भने ४१ वटा योजनाहरु सम्पन्न भएर पनि रकम भुक्तानी भैसकेका छन् ।

नगर प्रमुख नरुलाल चौधरीले नगरको एकीकृत चौतर्फि विकासमा नगर अघि बढेको भन्दै नागरिकहरुको साथ सहयोग अपरिहार्य भएको बताउनुभयो ।।

Advertise with us