व्यवसायी माथि आक्रमण गर्ने पक्राउ

Advertise with us

घोराही, ५ वैशाख । बस व्यवसायीमाथि आक्रमण गरेको आरोपमा घोराहीका एकजना पक्राउ परेका छन । नमस्ते यातायात प्रालिका सल्लाहकार राजु खाँनलाई आक्रमण गरेको आरोपमा प्रहरीले तिलक रावतलाई पक्राउ गरेको हो ।

Buddha International Hospital

Advertise with us

रावतले बुधवार राती करिब पौने ९ बजेतिर घोराहीको तुलसीपुर चोकमा खाँनलाई बियरका बोतलले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका खाँनको टाउकोमा ८ वटा टाँका लगाइएको छ । उनको उपचार नेपालगन्ज मेडिकल कलेज कोहोलपुरमा गरिएको हो । खाँनले रावतले आफूलाई आक्रमण गर्नुका साथै आफूसँग भएको ४२ हजार २ सय ५० रुपैँया लुटेर लगेको जानकारी दिएका छन् ।

नेविसंघ दाङ साविक क्षेत्र नम्वर ३ का सभापति समेत रहेका रावत यसअघि मुर्ति चोरी काण्डमा पक्राउ परेका थिए । त्यतिबेला २४ दिन हिरासतमा थुनिएका उनलाई अदालतले काराकार पठाएको थियो । पछि उनी धरौटीमा छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।