नीजि क्षेत्रको भुमिका बढ्दै


दाङ, वैशाख ५ । जिल्लाको विकास र समृद्धिका लागि नीजि क्षेत्रको भुमिका बढेर गएको सम्बन्धीत क्षेत्रका ब्यक्तिहरुले बताएका छन् । नीजि क्षेत्र विना देशको विकास र अर्थतन्त्र सञ्चालन हुन नसक्ने भएकाले अबको समृद्धि र विकासमा नीजि क्षेत्रको भुमिका बढेको उनीहरुले बताए ।

Buddha International Hospital
Advertise with us

दाङ चेम्बर अफ कमर्शले आयोजना गरेको नयाँ वर्षको अबसरमा शुभकामना आदाप्रदान कार्यक्रम तथा भित्तेपात्रो विमोचन कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगीले नीजि क्षेत्रले ब्यापार व्यवसायलाई मात्र प्राथमिकता नदिई उत्पादनलाई समेत सहयोग गर्न सुझाव दिनुभयो । दाङको कृषी उत्पादन, पर्यटकिय सम्भावनालाई मुर्तरुप दिनको लागि लगानी गर्न आग्रह गर्नुभयो ।

दाङ चेम्बर अफ कमर्शका अध्यक्ष दिपक सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा दाङका कार्यदल सदस्य टिकाराम खड्काले अब सहकार्य गरेर अगाडी बढ्ने समय आएको बताउनुभयो । धेरैले उद्योग बाणिज्य संघको समानान्तर संस्थाको रुपमा दाङ चेम्बर अफ कमर्शलाई हेर्ने गरेको भन्दै त्यो गलत भएको बताउनुभयो । एकले अर्कोलाई प्रतिस्पर्धीको रुपमा नहेरी हातेमालो, समन्वय र सहकार्य गरेर काम गर्ने बाताबरण निर्माण भएको उहाँको भनाई छ । कार्यक्रममा नेपाली काँगे्रसका जिल्ला सदस्य दीपक पाण्डेले उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्न सुझाव दिनुभयो ।

साथै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका भिमकान्त पन्थी, घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुमणि दाहाल, १४ का वडा सदस्य लछुमन बुढा, दाङ देउखुरी होटल व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर डाँगी, दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष भरतबहादुर बुढाथोकी, घोराही चेम्बर अफ कमर्शका अध्यक्ष मन्जु बज्राचार्य, पत्रकार शरद अधिकारीले चेम्बर अफ कमर्शले आगामी दिनहरुमा जिल्लाको विकास र व्यवसायीहरुको हितको लागि काम गर्न सुझाव दिनु भएको थियो ।

यस्तै त्रिभुवननगर जेसिजका अध्यक्ष बसन्तराज अधिकारी, प्रजातान्त्रीक उद्यमी संघका उपाध्यक्ष मधु अधिकारी लगाएतले बोल्नु भएको थियो । उपाध्यक्ष श्रीधर महराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घनश्याम अधिकारीले गर्नुभएको थियो । दाङ चेम्बर अफ कमर्शले आफ्नो कार्यालय समेत उद्घाटन गरेको छ । त्रिभुवननगर जेसिजको पुरानो भवनमा दाङ चेम्बर अफ कमर्शले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेपाल चेम्बर अफ कमर्श देशकै सबै भन्दा पुनारो नीजि क्षेत्रको संस्था हो । २००७ सालमा स्थापना भई नीजि क्षेत्रको रुपमा काम गर्दै आएको यो संस्थाले संघीयताको मर्म अनुसार अहिले जिल्ला जिल्ला र नगरहरुमा समेत शाखाहरु विस्तार गरेको दाङ चेम्बर अफ कमर्शका अध्यक्ष दीपक सुबेदीले बताउनुभयो ।