नयाँ वागन आर गाडी घोराहीमा

 

दाङ, वैशाख ५ । दाङको बजारमा एक पछि अर्को गाडीहरु भित्रिने क्रम जारी रहेको छ । यसैक्रममा सुजुकीले नयाँ वागन आर गाडी बजारमा ल्याएको छ । दाङको स्वर्गद्धारी अटो डिष्ट्रिब्युडर्स घोराहीले एक कार्यक्रमको आयोजना गरेर गाडी सार्वजनिक गरेको हो ।

Buddha International Hospital

Advertise with us

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले गाडीको उद्घाटन गर्दै दाङमा ब्राण्डेड गाडीहरु भित्रिनु जिल्लाको लागि सुखद विषय भएको बताउनुभयो । दाङका मानिसहरुमा क्रय शक्तिमा बृद्धि हुनु विकास र समृद्धिको विषय भएको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा गाडीको बारेमा जानकारी दिदै स्वर्गद्धारी अटो डिष्ट्रिब्युडर्सका सञ्चालक संकल्प श्रेष्ठले ग्राहकको सजिलै मन जित्न सक्ने यो गाडी सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमाना अनुसारको आधुनिक सिस्टम रहेको बताउनुभयो । यो गाडी आफैमा बलियो, सुरक्षित र कम आवाज रहेको उहाँको भनाई थियो ।

सुजकीले नयाँ ठुलो वागन आरको विकास गर्नका लागि ६ सय ७० करोडको लगानी गरेको कम्पनीले बताएको छ । नयाँ वागत आरका तीन वटा मोडलहरु अहिले बजारमा आएका छन् । गाडीको नेपाली मुल्य २४ लाख ९९ हजार, २६ लाख ९९ हजार र २७ लाख ९९ हजार रहेको छन् ।

Advertise with us