पर्दा पछाडिका ‘हिट रेकर्डिष्ट’

नवीन अभिलाषी

Buddha International Hospital

दाङ, वैशाख ५ । अहिलेका चर्चित गीतहरु चल्नुको पछाडि धेरै पक्षहरुको हात हुन्छ । गीतकारले शब्द बुन्छ, संगीतकारले लय निर्माण गर्छ, एरेञ्जरले संगीतको तालमेल मिलाउछ र गायकले आवाज भर्छ । तर यत्तीले मात्र गीत कहाँ निर्माण हुन्छ ? गीत निर्माणका लागि कुशल रेकर्डिष्टको पनि आबस्यकता हुन्छ । अनिल अधिकारी । अहिलेका चर्तित गीतहरु जति पनि बजारमा छन् ।

Advertise with us

त्यसको पछाडी बसेर काम गर्ने अनिल अधिकारी काठमाण्डौको ब्यस्त रेकर्डिष्ट हुन् । काठमाण्डौको चर्चित स्टुडियो प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा कार्यरत अनिल अधिकारीले अहिले चर्चित गीतहरु रेकर्डका लागि प्राविधिक काम गरेका छन् । दाङ, घोराही उपमहानगरपालिका ९ मछाईका २२ बर्षिय अनिल अधिकारीले अहिलेसम्म सयौँ गीतहरु रेकर्ड गरेका छन् ।

अहिलेको चर्चित गीत ‘भिजिट भिषामा’, ‘बुट्टे रुमाल’, ‘अर्को जुनी’ सहित पछिल्लो समय चर्चामा रहेको दोहोरी ब्याटल गीतहरु अधिकारीले प्रिज्म डिजिटल रेकडिङ स्टुडियोमा बसेर रेकर्ड गरेका हुन् । अहिले नेपालमा संगीतको माहौल निक्कै उत्साहित खालको छ । नयाँ पुस्ता विभिन्न प्रविधि सहित नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका छन् । त्यति भिडमा रहेका अनिल अधिकारीले रेकर्डिष्टहरुको दुनियामा आफुलाई फरक र क्षमतावानको रुपमा दर्ज गरेका छन् । ‘रेकर्डिष्ट बन्नको लागि धेरै गाह्रो कुरा नै हो, किनकी एउटा सामान्य मानिसले यो काम गर्न सक्दैन्’ अधिकारी भन्छन्, ‘राम्रो रेकर्डिष्ट बन्नको लागि राम्रो संगीतको ज्ञान हुनुपर्छ, गीतको शब्दको बारेमा थाहा हुनुपर्छ, विभिन्न बाजाहरुको बारेमा ज्ञान हुनुपर्छ ।’

त्यतिले मात्र नभई सुर तालको बारेमा ज्ञान हुनुको साथै अहिले संगीतको बजार कस्तो छ भन्ने बारेमा पनि थाहा हुनु आबस्यक रहेको अधिकारीले बताउछन् । रेडियोको प्राविधिक हुँदै गीतसंगीतको क्षेत्रमा प्रबेश गरेका अधिकारी यो क्षेत्रमा काम गर्न थालेको पाँच वर्ष पुगेको छ । ‘समयको हिसावले यो निक्कै कम होला, भन्नेहरुले छोटो समयमा धेरै प्रगती गरेको भन्लान, तर यो समयमा मैले गरेको परिश्रम धेरै छ ।’ अधिकारीले भने ।

बाल्यकाल देखि नै गीतसंगीतको क्षेत्रमा रुची राख्ने अधिकारीले दाङको घोराहीमा रहेको केहि रेडियोहरुमा प्राविधिकको रुपमा काम गरेका थिए । आर्थिक अभाव र विपन्न जीवनबाट संघर्ष गर्दै अधिकारी आफ्नो भविष्य खोज्न काठमाण्डौ पुगेको बताउछन् । ‘हामी जस्तो निम्नस्तरका मानिसहरु काठमाण्डौमा भाविष्य खोज्दै आउनु जोकको विषय जस्तो पनि हो ।

यहाँ निक्कै गाह्रो छ जीवन बाँच्न । तर जीवन बाँचेर मात्र पुग्दैन थियो मलाई, मैले भविष्य बनाउनु थियो ।’ अधिकारीले विगत सम्झदै भने, ‘काठमाण्डौमा सुरुवाती चरणका दिनहरु कसरी बाँचियो, त्यो कहाली लाग्दो समय थियो, धेरै संघर्ष गर्नुपर्यो ।’ अनिल अधिकारी आफैमा दक्ष मानिस हुँदा हुँदै पनि उनी एउटा शारिरीक रुपमा असक्त पनि हुन् । अधिकारीको दायाँ हातमा समस्या छ । ‘जापानिज ईन्सेफ्लाईटिसका कारण असक्त बनेको दायाँ हात र पछि एक पटक भाँचिएको पनि हो ।’ अधिकारीले भने, ‘हात कै कारण म सामान्य मानिसले सरह काम गर्न त सक्दैन तर म आफुलाई सक्षम ब्यक्ति नै महसुस गरेर काम गर्दै आएको छु ।

’ गरिव परिवार, घर परिवारबाट खासै सहयोग नपाएका अधिकारीको अहिलेको सफलता पछि भने सबैले सम्मान गर्ने गरेको अधिकारीलाई अनुभव छ । ‘शारिरीक रुपमा शसक्त सम्झेर मानिसले गर्ने व्यवहार फरक नै छ, तर काम हेरेर सबैले सम्मान गर्छन्, खुशी नै लाग्छ ।’ अधिकारी यो क्षेत्रमा उनी निरन्तर अपडेट छन् । अहिले उनी औपचारिक रुपमा संगीतको कक्षा समेत लिईरहेका छन् । अहिलेको उनको संगीत कक्षा तेस्रो वर्षमा चलिरहेको छ । र उनी अहिलेका चर्चित साउण्ड ईन्जिनिएर श्यामस्वेत रसाईलीसँग पनि ध्वनी मुद्रण (गीत मिक्सिङ) को कामहरु सिक्दै गरेको बताउछन् ।

Advertise with us