व्यवसायीले काम गरेर जवाफ दिनुपर्छ ः मुख्यमन्त्री पोखरेल

Advertise with us

रीता लामा

प्रदेश नम्वर पाँचका मुख्य मन्त्री शंखर पोखरलेलले निर्माणको काममा जनगुनासो धेरै आएको भन्दै व्यवसायीहरुलाई गुणस्तरिक काम गरेर त्यसको जवाफ दिनु आग्रह गरेका छन । उनले व्यवसायी प्रतिको विश्वास नै उसको काम भएको जिकिर समेत गरे ।
उनले भने ‘अहिले देशभरी निर्माणको काममा ढिलासुस्ती भएको छ र जनगुनासो पनि बढेको छ ।’ निर्माण व्यवसायी महासंघको पाँच नम्वर प्रदेश स्तरिय पहिलो अधिवेशन तथा साधारणसभाको उत्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले व्यवसायीले अस्वस्थ प्रतिशपर्दा छोडेर अव स्तरिय काम गर्न तिर लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा निर्वाण व्यवसायी महासंघका प्रदेश एवम केन्द्रिय स्तरका पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रममा सरकारको प्रणाली, भ्रष्ट कर्मचारीको कारणले व्यवसायी मारमा परेको गुनासो गरे पछि पोखरेलले यस्तो जवाफ दिएका हुन । उनले राज्य र नेपालको कर्मचारी प्रसाशन मा खत्तम छन भन्ने विश्लेषण व्यवसायीले गरेकोप्रति असहमति जनाउदै केही समस्या राज्यपक्ष तिर भए पनि मुख्य काम निर्माण व्यवसायीले आफुले लिएको निर्माणको काम समयमा गर्नु नै उचित भएको बताए ।

Advertise with us
‘हामीले हाम्रो घर आगन मै समयमा काम नभएर पीडा भोगिरहेका छौ ।’ उनले भने ‘अव यस्ता पीडालाई नदोहो¥याउनको लागि व्यवसायीहरु तिव्र रुपमा विकासको काममा लाग्नुपर्छ ।’
साथै उनले पछिल्लो समयमा व्यवसायीक क्षेत्रका व्यक्तिहरु राजनीति कर्मी भन्दा पनि धेरै राजनीतिमा लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘व्यवसायीक संस्था पुर्ण रुपमा राजनीतिक निरपेक्ष हुनुपर्छ ।’ उनले भने ‘व्यवसायीक संघसस्था भनेको कानुन कार्यान्वयन गर्ने निकाय हो यस क्षेत्रमा राजनीति लाग्नुहुदैन ।’

Buddha International Hospital


यस्तै कार्यक्रममाा बोल्दै निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिङले निर्माण व्यवसायीमा भएको कमिकमजोरीलाई सुधारको लागि सरकारले कडा कानुन निर्माणको आवश्यकता रहेको बताए । आम जनता र सरकारको ध्यान अहिले समृद्धिको नारा तिर मोडिएको र त्यो समृद्धि व्यवसायीलाई सहि तरिकाले विकासको काममा लगाएर मात्रै आउनेसक्ने उनले बताए । साथै उनले राज्यको प्रसासनिक अलमलले देशभर निर्माणको काम अलपत्र परिरहेको आरोप समेत लगाए । निर्माण व्यवसायीलाई सहयोग गर्नुको साटो उल्टो सबै तिरबाट हिलो छ्याप्ने काम भएको भन्दै चिन्ता व्यक्त गरे ।
यस्तै कार्यक्रममा महासंघका पुर्व अध्यक्ष यक्ष कार्की र जयराम लामिछानेले सरकार जिम्मेवार भएर प्रस्तुत भए व्यवसायी आफै जिम्मेवार बन्ने जिकिर गरे । उनले निर्माण व्यवसायी सबै दोषि नभएको र दोषिलाई कडा कानुनी दायरामा ल्याउन सरकारको दायित्व भएको बताए ।
निर्माण व्यवसायी महासंघ पाँच नम्वर प्रदेशका प्रमुख बलिभद्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पुर्व केन्द्रिय उपाध्यक्ष रोशन दाहाल, पुर्व अध्यक्ष मोहोन आचार्य, केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझी, केन्द्रिय उपाध्यक्षहरु रक्तबहादुर खड्का, टेकबहदुर क्षेत्री, केडी लामा, महासचिव रोशन दाहाल, केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


महासंघका पाँच नम्वर प्रदेशका महासचिव हरिकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण लोकगायक चन्द्र शर्माले गरेका थिए ।
मंसिर १३ र १४ गते दुइ दिनसम्म चल्ने अधिवेशनले निर्माण व्यवसायी विभिन्न एजेण्डामा छलफल गरेर दस्तावेज तयार पार्ने छ भने नयाँ नेतृत्व समेत चयन गर्ने छ ।