दाङमा ६० हजार बालबालिकालाई भिटामिन ए खुवाईने


तुलसीपुर, ५ बैशाख ।
दाङमा पाँच वर्षमुनिका करिब ६० हजार बालबालिकालाई भिटामिन ए को क्याप्सुल खुवाइने भएको छ । कुपोषित बालबालिकाको अवस्थालाई कमि गर्न जिल्लाका दश वटै स्थानिय तहमा आगामी बैशाख ६ र ७ गते ५७ हजार ४ सय ६८ जना पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए को क्याप्सुल खुवाईने भएको हो ।

Advertise with us

त्यस्तै ५० हजार ५ सय ३२ बालबालिकालाई जुकाको औषधि , २ वर्ष सम्मका बालबालिकालाई बालभिटा पनि खुवाईन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कुन्दन ठाकुरले जानकारी दिनुभयो ।

Buddha International Hospital

राष्ट्रिय कार्यक्रम अन्तर्गत भिटामिन ए, बालभिटा, जुकाको औषधि र बालबालिकाको कुपोषणको अवस्था जाँच गरिने लक्ष्य रहेको उहाँले बताउनुभयो । नेपालमा बाल मृत्युदर घटाउने र भिटामिन एको कमिबाट हुने रोग निर्मुल पार्ने उद्देश्यले राष्ट्रिय कार्यक्रम अन्तर्गत भिटामिन ए खुवाउन लागिएको हो ।

१ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई बैशाख ६ र ७ गते नजिकको स्वास्थ्य संस्थामा पुगेर भिटामिन एको क्याप्सुल सहित जुकाको औषधि , र बालभिटा खुवाउनु जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डीतले आग्रह समेत गर्नुभएको छ ।

उहाँले बालबालिका सुपोषित बनाउन राष्ट्रिय कार्यक्रम अन्तर्गत आजदेखि १० गतेसम्म साताव्यापी कार्यक्रम शुरु भएको जानकारी दिनुभयो । कार्यक्रमलाई सफल बनाउन सबै स्वास्थ्यकर्मि महिला स्वास्थ्य स्वयसेवीका, स्वास्थ्य कार्यालय, सुआहाराका कर्मचारीलाई परिचालन गरिने बताउनुभयो ।।

Advertise with us