४८ वर्ष पछि पुग्यो कुलमोहरमा खानेपानीको धारो

 

Buddha International Hospital

शिवु खनाल

Advertise with us

देउखुरी,  ५  बैशाख | लमही घोराही सडक खण्ड स्थित उत्तर दक्षिण राजमार्ग अन्र्तगत कुलमोहर गाउँ रहेको छ । लमही भन्दा पुरानो गाउँ भनेर चिनिने गाउँ हो, कुलमोहर गाउँ । पूर्खाहरुका अनुसार करिब ४८ वर्ष भयो कुलमोहर गाउँमा बस्ती बसेको ।

अर्जुन खोलाको जरुवामा आत्म निर्भर थिए कुलमोहर गाउँवासीहरु । करिब ९० घरधुरी संख्यामा रहेको कुलमोहर गाउँवासीहरुले भिरैभिर गोरेटो वनकोबाट एक घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने समस्या थियो । तर अहिले त्यो समस्यालाई निराकण गर्न सफल भयो दाङको लमही नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय । खोलाको जरुवामा आत्म निर्भर भएको कुलमोहर गाउँ जनप्रतिनिधि आएपछि धाराबाट खानेपानी खान थालेको स्थानीय श्यामसङ गिरीले बताउनुभयो ।

बर्खायाममा अर्जुन खोला उर्लेर आउँदा खोलामा रहेको पानीको जरुवा भाटिदिन्थ्यो । पानी पर्नु पूर्व वा आकाशमा कालो बादल छाउनु अगाडि नैै जरुवाबाट पानी भरेर जम्म गर्ने गर्थे कुलमोहर वासीहरु । तर अहिले यो समस्या लाई जरैबाट हटाउन सफल भए हाम्रा जनप्रतिनिधिहरु, गिरीले भन्नुभयो, – घर अगाडि पानी आयो । धाराबाट पानी खाने सपना पुरा भयो । कल्पना पनि नगरेको काम गरे ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको स्टीमेट अनुसार कुलमोहर गाउँमा धारा जडानको निम्ती वडा नम्बर ६ को वडा कार्यालयबाट दश लाख रुपैँया बजेट विनियोजन ग¥यो । सोही बजेट र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्राविधिक सहयोगमा हामीले गाउँमा धारा पुगाउँन सफल भएका हौँ, लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले भन्नुभयो । गाउँमा खानेपानीको धारा पुग्दा कुलमोहरवासीहरु खुसिले हर्षित छन् ।

जरुवाको धमिलो पानी खादा विभिन्न रोग संग लडि रहेका थिए कुलमोहर गाउँवासीहर । रुघा खोकी, आउँ र हैजा लगाएत अन्य विभिन्न रोगहरुले सताइरहेको थियो । अहिले जनप्रतिनिधि आए देखि ढोका अगाडि पानी आयो । जरुवाको धमिलो पानी खाने दिन गए अव, स्थानिय पर्वती रानाले भन्नुभयो । सिँचाईको अभावले खेती गर्नबाट बञ्चित रहेको कुलमोहर गाउँ पानीको धारा आए खेखि गाउँको समग्र मुहारमा परिवर्तन आयो, रानाले भन्नुभयो ।

Advertise with us