राष्ट्रिय महिला क्रिक्रेट प्रतियोगिता लमहीमा शुरु

देउखुरी, बैशाख ४ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्तको महिला राष्ट्रिय खेलकुद प्रतियोगिता दाङको लमही क्रिक्रेट मैदानमा शुरु भएको छ । छ वटा प्रदेश र एपिएफ टिम गरी जम्मा सातवटा टिमको सहभागिता रहेको प्रतियोगिताको बुधबार उद्घाटन भएको हो ।

Buddha International Hospital

Advertise with us

बुधबार महिला क्रिक्रेट अन्तरगर्तका दुइखेल भएका छन् । पहिलो खेल प्रदेश नम्बर १ र प्रदेश नम्बर पाँच बिच भएको थियो भने दोस्रो खेलमा प्रदेश नम्बर २ र गण्डकी प्रदेश भिडेका थिए ।


पहिलो खेलमा प्रदेश पाँचलाई प्रदेश नम्बर १ ले सात बिकेटले पराजित गरेको छ । प्रदेश २ र गण्डकी प्रदेश विचको खेलमा प्रदेश २ ले गण्डकीलाई ६२ रनले हराएको छ । आज विहान प्रदेश नम्बर १ र र २ दिउशो प्रदेश नम्बर ७ विभागिय टिम ए.पी.एफ. बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन प्रतिनिधीसभा शिक्षा स्वास्थ्य समितिकी सभापती जयपुरी घर्तीले गर्नुभएको छ ।


। उदघाटन गर्दै घर्तीले राज्यले खेलाडीलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । राष्टिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान जमाउन खेलाडीले ठूलो भूमिका खेलेको भन्दै खेलाडीको सम्मान गर्न सके मात्रै खेलक्षेत्रमा प्रगती हुने विश्वास व्यक्त गर्नुभयो ।

Advertise with us