विदेशको कमाइले स्वदेशमा सर्फ उद्योग

Advertise with us


देउखुरी, वैशाख ४ । बैदेशिक रोजगारीबाट नेपालमा फर्केपछि दुइ यूवाले ७८ लाखको लगानीमा सर्फ उद्योग स्थापना गरेका छन् । स्थानीयलाई रोजजारी दिलाउदै स्थानीय उत्पादनलाई पोत्साहन गर्ने उदेश्यका साथ सर्फ उद्योग स्थापना गरिएको सञ्चालक लमही ५ निवासी शेर सिंह खड्काले जानकारी दिनुभयो ।


Advertise with us
१५ बर्ष साउदीमा काम गरेर अनुभव बटुलेका दुइ साथीभाइको साझेदारीमा स्थापना गरेको उद्योगमा स्थानीय १० जना यूवाले रोजगार पाएका छन् । विदेशी सामानको प्रयोगले परनिर्भरता ल्याएको भन्दै सञ्चालकले लगानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । पैसा कमाएर बैंकमा जम्मा गर्नुभन्दा साना तथा मझौला उद्योग स्थापना गरे रोजगारी प्राप्त हुन्छ,सञ्चालक तिलारम खनालले भन्नुभयो । विदेशमा बस्दा स्वदेशको मायाँ र स्वदेशमै केहि गर्ने उदेश्यका साथ उद्योग स्थापना गरेको जानकारी दिदै संचालक खनालले स्थानीय उत्पादनको प्रयोग गरेर थप हौसला प्रदान गर्न उपभोत्तालाई आग्रह गर्नुभयो ।

Buddha International Hospital


हामी स्थानीय उत्पादनलाई उत्पादनको प्रयोग गर्न आग्रह गछौ,यहाँहरुले प्रयोग गर्न र सुझाव दिने गर्नुभयो भने हामीलाई सुधार गर्ने अवसर पनि मिल्दछ उहाँले भन्नुभयो । एक कार्यक्रम विच गिरी शिवम् सर्फ तथा ट्वाइलेट क्लिनर इन्डष्ट्रिज नामक उद्योग मार्फत सर्फ,ट्वाइलेट सफा गर्ने हारफिक ,भाँडा धुने डिजिटल बास उत्पादन गर्दै आइरहेको छ ।

स्थानीय बजारमै उत्पादन खपत भएको जानकारी दिदै संचालकहरुले आफ्नै दैनिक सात क्विनटल सर्फ उत्पादन गर्ने क्षमता रहेको संचालक शेरसिंह खड्काले जानकारी दिनुभयो । स्थानीय सरकारले स्थानीय उद्योगलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले स्थानीय सरकारसंग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।

एक औपचारिक कार्यक्रमका विच उद्योगले उत्पादन गर्दै आइरहेको उत्पादनलाई सार्वजनिक गरेको छ । नयाँ बर्षको अवसरमा शुभकामना आर्दानप्रर्दान कार्यक्रम मार्फत उत्पादनको सार्वजनिक गरिएको हो । संचालक तिलाराम खनालको अध्यक्षता तथा लमही नगरपालिका उप प्रम्ख देवका वेल्वासेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रम्ख बेल्वासेले स्थानीय उद्योगलाई स्थानीय सरकारले पोत्साहन हुने गरी कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले उद्योगको स्थापना संगै रोजगारीको अवसर सिर्जना हुने भएकोले सकरात्मक हिसावले लिनुपर्ने तर्क गर्नुभयो । नागरिक समाज दाङका उप संयोजक निमवहादुर थापा,पत्रकार महासंघ दाङकी कार्यवाहक अध्यक्ष लिला शाहा,पत्रकार दशरथ घिमिरे लगायतले शुधकामना मनतव्य व्यक्त गर्नुभएको थियो । बजार व्यवस्थापक डिल्ली योगीको स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण प्रियास्मृती गजमेरले गर्नुभएको थियो ।