महिला प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम

घोराही, ४ बैशाख | घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले महिला प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । वडाका ८० जना महिलाहरुलाई दुई चरणमा भेला गराई महिला प्रजनन् स्वास्थ्यका बिषयमा अभिमुखिकरण गराउन थालेको हो ।

Buddha International Hospital

Advertise with us

मातृशिशु स्वास्थ्यलाई सुरक्षित बनाउदै स्वस्थ व्यक्ति र समाज बनाउने उदेश्यले अभिमुखिकरणको आयोजना गरिएको हो । वडा अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै सम्पत्ती भएको उल्लेख गर्नुभयो ।

महिला सदस्य रेमन्त पुनको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले महिलाको प्रजनन् स्वास्थ्य संबेदनशिल विषय भएको भन्दै नियमित स्वास्थ्य जाँच र गर्भधारणको समयमा बिषेश ध्यान दिन आग्रह गर्नुभयो ।

उमेर नपुग्दै बिबाह गर्ने, धेरै बच्चा जन्माउने, गर्भवती भएको समयमा नियमित स्वास्थ्य जाँच नगर्दा मातृशिशु स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै सचेतना जगाउन सहभागिहरुलाई अपिल समेत गर्नुभयो ।

अभिमुखिकरणका लागि नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती र शहरी स्वास्थ्य केन्द्र हरीद्धारका इन्चार्ज देवा योगि रहनुभएको छ । कार्यक्रमको सहजिकरण वडा सचिब तेजकुमार शर्माले गर्नुभएको थियो ।