बास्केटबलमा पुरुष तर्फ आर्मी र महिला तर्फ पुलिस क्लव प्रथम


घोराही, ४ बैशाख ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको घोराहीमा भएको बास्केट बल प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लव र महिला तर्फ नेपाल पुलिस क्लव प्रथम भएका छन् ।

 

Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नम्बर १८ सालघारीमा गत चैत्र २८ गते देखी सुरुभएको प्रतियोगितामा ३ नम्बर प्रदेशलाई ५८–७६ स्कोरले हराउदै त्रिभुवन आर्मी क्लव प्रथम भएको हो । प्रतियोगितामा ३ नम्बर प्रदेश दोस्रो हुन सफल भएको छ ।

Blog Post Ad

 

त्यसैगरी गण्डकी प्रदेशलाई ५४—७४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लव तेस्रो भएको छ । यसैविच महिला तर्फ प्रदेश ३ लाई २९—५४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लव प्रथम भएको छ ।

 

महिला तर्फ प्रदेश ३ दोस्रो भयो भने सुदुरपश्चिम प्रदेशलाई ३९—५१ स्कोरले पछि पार्द त्रिभुवन आर्मी क्लव तेस्रो भएका छन् । प्रतियोगितामा७ प्रदेश र तीन विभागिय खेलाडी गरी १० समुह प्रतिस्पर्धामा उत्रिएका थिए ।

 

यसैविच प्रतियोगिता आज समापन गरिएको छ । दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य टोपेन्द्र थापाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले खेलाडीमा उत्साह ल्याउन र पूर्वाधार तयार गर्न स्थानिय सरकार लागीपरेको बताउनुभयो । राष्ट्रिय खेलहरु दाङमा हुनु सबैका लागि सौभाग्य भएको भन्दै आगामी दिनमा थप लगानी बढाउने प्रतिबद्धता जनाउनुभयो । दाङ जिल्ला बास्केट बल संघका अध्यक्ष विपिन केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सदस्य समिर वलीले गर्नुभएको थियो ।।

महिला फुटबल र क्रिकेटप्रतियोगीतासुरु
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको घोराहीमा महिला फुटवल र लमहीमा महिला क्रिकेट प्रतियोगिता सुरुभएको छ । घोराही उपमहानगरपालिका १५ भरतपुर खेल मैदानमा आयोजना गरिएको महिला फुटवल प्रतियोगिताको संघिय सांसद शान्ता चौधरीले उद्घाटन गर्नुभएको छ ।

महिला फुटवल प्रतियोगितामा प्रदेश नम्बर १ र गण्डकी प्रदेशको सहभागिता छैन । प्रतियोगीता बेलझुण्डीमा हुने भनिए पनि रंगशालाको निर्माण कार्य नसकिएका कारण घोराहीमा सुरु गरिएको हो ।

आजदेखि सुरु भएको खेलमा ८ समुहको सहभागीता छ । यसैबीच आज भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ बिजयी भएको छ । प्रदेश नम्बर २ ले सुदुरपश्चिम प्रदेशलाई ४ गोलले पराजित गरेको हो ।

दोस्रो खेल नेपाल पुलिस र प्रदेश ३ बिच भएको छ । प्रतियोगितामा नेपाल पुलीस क्लवले ४ गोल ग¥यो भने प्रदेश ३ ले कुनै गोल गर्न सकेन ।

उता लमहीमा महिला क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधीसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगीता अन्तर्गत आज भएका खेलमा प्रदेश १ र २ बिजयी भएका छन् । प्रदेश १ ले प्रदेश ५ लाई हराएको हो भने प्रदेश २ ले गण्डकी प्रदेशलाई हराएको हो । आज भएको उद्घाटन खेलमा प्रदेश १ बिजयी भएको हो ।

प्रदेश नम्बर १ ले टस जितेर फिल्डिङ रोजेको थियो । व्याटिङ गर्न फिल्डमा उत्रिएको प्रदेश नम्बर ५ ले १५ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै ७० रन बनाएको थियो ।

यस्तै आजै लमही क्रिकेट मैदानमा भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६२ रनले हराउदै प्रदेश नम्बर २ बिजय भएको छ । टस जितेर गण्डकी प्रदेशले फिल्डिङ रोजेको थियो । प्रदेश नम्बर २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३५ रन जोडेको थियो ।

यता घोराहीको वडा नम्बर १४ मा रहेको कभर्ड हलमा ब्याटमिन्टन प्रतियोगीता जारी छ । भोली दाङको बेलझुण्डीमा आठौ राष्ट्रिय खेलकुद अन्तगरत एथ्लेटिक्स प्रतियोगिता सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङमा विभिन्न ७ खेलको आयोजना गरिएको छ । यस अघि घोराहीमा टेबुल टेनिस खेल सकिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *