तुलसीपुर मालपोतमा अनलाईन सेवा शुरु

लेखापढी ब्यबसायीद्वारा बिरोध


तुलसीपुर, ४ बैशाख ।
मालपोत कार्यालय तुलसीपुरमा अनलाईन सेवा शुरु भएको छ । भूमि ब्यबस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दुवाडीले बुधबारदेखि अनलाईन सेवाको उद्घाटन गर्नुभएको हो ।

Advertise with us

५६ औं शाखाका रुपमा उक्त कार्यालयमा अनलाईन सेवा शुरु गरिएको दुवाडीले जानकारी दिदै कम्प्युटर प्रणाली शुरु भएसंगै सुरक्षित र सहज कारोबार हुने बिश्वास व्यक्त गर्नुभयो ।

Buddha International Hospital

अनलाईन प्रणाली शुरुभएसंगै सबै कारोबार केन्द्रमा पुग्ने भएकाले सबै सुरक्षित हुने उहाँको भनाई छ । साथै कीर्ते काम हुने, जग्गाको मुल्य घटबढ हुने जस्ता समस्या पनि अन्त्य हुने उहाँले बताउनुभयो ।

मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले आजैदेखि काम शुरु गरिसकेको जानकारी दिनुभयो । यसैविच मालपोत कार्यालय तुलसीपुरले अनलाईन सेवा शुरु गरेको प्रति लेखापढी ब्यबसायीले विरोध जनाएका छन् ।

उनीहरुले बिरोध स्वरुप आजदेखी सेवा समेत ठप्प पारेका छन् ।नेपाल लेखापढी कानुन ब्यबसायी एशोसियसन दाङले विज्ञप्ती जारी गरी आफुहरुसंग सहकार्य नै नगरी सेवा शुरु गरेको भन्दै असन्तुष्टी जनाएको हो ।।